२०८३, २२ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फुटनजिक नेकपा

२०७७, २१ असार आईतवार ०१:१४

असार २१, काठमाडौं | दुई ठूला तत्कालिन नेपाल कम्युनिष्ट पार्टी एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) फुटनजिक पुगेको छ । नेकपाको पहिलो वरीयताका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार साँझ मन्त्री तथा राज्यमन्त्रीहरुसँग आफ्नै निवास बालुवाटारमा अनौपचारिक छलफल गर्दै अब कुन कित्तामा उभिने हो भनेर स्पष्ट गर्न आग्रह समेत गरेका छन् ।

प्रधानमन्त्री ओलीले छलफलका क्रममा आफूलाई दुवै पदबाट हटाउने र राष्ट्रपतिलाई महाअभियोग लगाउने षड्यन्त्र भइरहेकाले पोजिशन क्लिअर गर्न भनेका छन् ।

प्रधानमन्त्री ओलीले पार्टी बचाउन आफू अन्तिमसम्म प्रयास गर्ने भन्दै नसकिएको खण्डमा पार्टी अलग हुने समेत बताएका छन् । उनले अध्यक्ष र प्रधानमन्त्री दुवैबाट राजीनामा दिन भनिरहेको भन्दै त्यो सम्भव नरहेको समेत स्पष्ट पारेका छन् । ‘पार्टीका साथीहरुको गतिविधि तपाईं सबैलाई थाहा नै छ । कसले के गरिरहेको छ, त्यो कुरा पनि सबै थाहा नै होला । यस्तो गतिविधिले पार्टी एक रहन सक्दैन ।’ उनले भने ।

प्रधानमन्त्री ओलीले बैठकमा सहभागी मन्त्री तथा राज्यमन्त्री सबैका कुरा सुन्दा धेरै समय जाने भन्दै दुई÷तीनमा पुनः अर्को बैठक बोलाउने र त्यसमा आउँदा प्रधानमन्त्रीको पक्षमा कि विपक्षमा हो स्पष्ट भएर आउन समेत भनेका छन् ।

‘राष्ट्रपतिलाई महाअभियोग लगाउने र मलाई दुवै पदबाट हटाउने षड्यन्त्र भइरहेको छ, तपाईहरु कसको पक्षमा हुने हो, कि प्रधानमन्त्रीको विपक्षमा जाने हो ? दुई÷तीन दिनमा फेरि बोलाउँछु, तपाईहरुलाई यही सूचना भयो, फेरि आउँदा पोजिसन क्लियर गरेर आउनुहोला ।’ प्रधानमन्त्रीले बैठकमा भने ।

प्रधानमन्त्रीले अर्को बैठकमा कित्ता क्लिअर गरेर आउनु भनेपछि उर्जामन्त्री वर्षमान पुनले दुई अध्यक्ष मिलेर पार्टी एकता गरेको भन्दै पार्टीबाटै सबै कुराको निकाश निकाल्न आग्रह गरेका छन् । उनले बाहिर बजारमा आएका हल्लाका आधारमा भन्दा पनि पार्टी कमिटीमा छलफल गरेर समस्याको हल गर्न समेत प्रधानमन्त्रीलाई सुझाएका छन् । 

- यो समाचार आजको राजधानी दैनिकमा टेनिस रोकाले लेखेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बीपी राजमार्गमा राति सवारी चलाउन रोक विभिन्न देश पठाइदिने भन्दै रकम ठगी गर्ने तीन जनालाई पक्राउ सुकुम्बासी बस्ती खाली गराउँदाको विवरण झिकाउन सर्वोच्चको आदेश वैशाख २८ गते संसद् अधिवेशन आह्वान गर्न सिफारिस मन्त्रिपरिषद् बैठक जारी राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी वर्षाका करण पहिरो खस्दा देशका विभिन्न क्षेत्रका मुख्य राजमार्ग अवरुद्ध नेपालले ओमानलाई दियो २५७ रनको लक्ष्य मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु बागमती खोला तर्ने क्रममा अचानक आएको भेलले बगाउँदा एक जनाको मृत्यु सुनचाँदीको मूल्य घट्यो कांग्रेसले संसद् समन्वय बोर्डको प्रथम बैठक बोलायो टिपरले ठक्कर दिँदा एक भारतीय नागरिकको मृत्यु नागढुंगा सुरुङमार्ग साउन दोस्रो हप्तादेखि सञ्चालनमा ल्याउन निर्देशन नेप्से परिसूचक ३४ अंकले घट्यो यो देश गरिबको पनि हो: हर्कराज राई अब केही समयमा बागमती र मधेश प्रदेशसम्म पानी पर्ने ट्याक्टर अनियन्त्रित भइ ठक्कर दिँदा दुई जनाको मृत्यु जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ रोजगारी सिर्जना र अर्थतन्त्रको दायरा फराकिलो बनाउन निजी क्षेत्र नै सबैभन्दा महत्त्वपूर्ण खम्बा हो: अर्थमन्त्री वाग्ले