Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २४ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गुरुको महत्त्व र व्यास जन्म जयन्ती

२०७७, २१ असार आईतवार ०६:०२

असार २१, काठमाडौँ |

ॐ अज्ञान तिमिरान्धस्य ज्ञानाञ्जनशलाकया ।

चक्षुरुन्मिलितं येन तस्मै श्री गुरवे नमः।।

अर्थात् ,अज्ञानरुपि अन्धकारमा परेर अन्धो जस्तो भएको मलाई ,ज्ञानरुपी गाजलका कोसाले(शलाकाले)आँखा खोलिदिएर प्रकाश प्रदान गर्ने परमपूज्य गुरुदेवलाई म सादर वन्दना गर्दछु।

गुरु शब्दको शाब्दिक अर्थ हेर्दा पनि गु अर्थात अन्धकार र रु भनेको हटाउनेवाला अर्थात अध्यारो हटाइ उज्यालो भविष्य प्रदान गर्ने ब्यक्ति वा पदार्थ गुरु हुन् जस्को महिमा अपरम्पार छ।

गुरुर्ब्रह्मा गुरुर्विष्णुर्गुरुर्देवो महेश्वरः । गुरु: साक्षात् परं ब्रह्म तस्मै श्रीगुरवे नमः।।

गुरुलाइ साक्षात्  ब्रह्मा विष्णु र महेशका अवतारका रुपमा पनि मानिएको छ। हरेक अषाढ शुक्ल पूर्णिमालाई व्यास पूर्णिमा अर्थात गुरु पूणिर्माका रूपमा मनाउने चलन छ।

संस्कृत शब्दकोषमा गुरु जनाउने ८ वटा प्रमुख शव्द शिक्षक,अध्यापक,

प्राध्यापक,उपाध्याय,महामहोपाध्याय,देशिकोत्तम,अचार्य,गुरु रहेका छन्।

यी सबै न‌ै गुरु हुन्।

अरु शास्त्रले गुरुको बारेमा यसरी बुझाएका छन्। हृद्योपनिषद्(पृ.१२५)

अनुसार सम्यक व्यक्ति गुरु ह‍ो।कृष्णयजुर्वेदीय व्रह्मविध्योपनिषद,पृ२१४,शुक्ल यजुर्वेदीय पैङ्गलोपनिषद्,पृ २०७, स्वसंवैद्योपनिषद् पृ ३४१ अनुसार परमात्मा बुझेको व्यक्ति गुरु हो। मुकुन्दोपनिषद अनुसार एक्निष्ट व्यक्ति गुरु हो। अविद्यारुपी हृदयग्रन्थिलाई चिरेर संसारी बन्धनबाट मोक्ष दिलाउने व्यक्ति विशेषलाई सर्ववेदान्त सिद्धान्तसारले गुरु भनी व्याख्या गरेको छ-

अविद्याहृदयग्रन्थिबन्धमोक्षो यत‍ो भवेत्।

तमेव गुरुरित्याहुर्गुरुशब्देन योगिनः।।

यसैगरी अध्यापन गराउने व्यक्ति,पिता,माता

,दाजु,हजुरबुबा,मामा,ससुरा,अादिलाई पनि गुरु मान्नुपर्छ-

उपाध्यायः पिता माता ज्येष्ठ‍ो भ्राता महिपतिः।

मातुलःश्वशुरश्चैव मातामहपितामहौ।

वर्णज्येष्ठःपितृव्यश्च सर्वे ते गुरवः स्मृताः।।(कुर्म पुराण)

यज्ञवल्क्य स्मृतिमा वेद अध्यापन गर्ने र गायत्री मन्त्र प्रदान गर्ने व्यक्ति विशेषलाई गुरु भनिएको छः स गुरुर्यःक्रियाः कृत्वा वेदमस्मै प्रयच्छति(याज्ञवल्क्यस्मृति१/३४)

यस्तै भविष्यपुराण देखि लिएर अरु प्राय पुराणमा गुरुको गुण केलाइएका छन्। 

श्रीमद्भागवतमा भगवान श्रीकृष्णले यो चराचर जगतलाई नै गुरु मान्नु भएको छ।धुर्वले अाफ्नि सौतेनी अमालाई गुरु मान्नु भएको छ।मुनि 

दत्तात्रयको कथा

 प्रसङ्गमा चौविसवटा गुरुको वर्णन गरिएको छ।पृथ्वीबाट धैर्यवृत्ति ,वायुवाट व्यापत प्रवृत्ति,जलवाट स्वच्छवृति,आकाशवाट निर्मलवृत्ति,अग्निवाट तेजस्वी वृत्ति,मौरीवाट संचयवृत्ति कमिलाबाट

उद्योग जालवृति आदिको वर्णनबाट गुरुको महिमा सर्वत्र रहेको  जानन सकिन्छ ।अभ भनौ यो संसारका सबै वस्तु 

गुरुसमान छन्।

हाम्रो पहिलो गुरु आमा हुनुहुन्छ।सर्व प्रथम आमालाई सम्मान गर्नुपर्छ ।त्यस‌ैगरी दोस्रो गुरुको रुपमा पितालाई शास्त्रले मानेको छ।पिता शब्द नै मार्गदर्शनार्थी हो।त्यसपछि तेस्रो विद्या प्रदान गर्ने शिक्षकलाई शास्त्रले गुरुको संज्ञा दिएको छ।जो सदा आदरणीय र पूजनीय हुनुहुन्छ।

यस्तै पूजनीय,आदरणीय  र बन्दनीय मध्य एकजना  हुनुहुन्छ मुनि वेद व्यास (कृष्ण द्वैपायन) जस्को आज जन्म जयन्ती हो।उहालाई नसम्भिने र गुणगान नगर्दा उहाँको अपमान हुनेछ।

व्यास नाम नभएर पदवी हो भन्ने पनि चलन छ।उहाँको अर्को नाम छ भन्ने गरिएको छ।जस अनुसार वेद विभाजक र पुराणका निर्माताको नाम कृष्णद्वैपायन हो।

जसलाई वादरायन पनि भन्ने गरिन्छ।

कृष्णद्वैपायन शब्द पनि संयुक्त शब्द हो।जसमा कृष्ण र द्वपायन दुईटा शब्द छन् जसमा कृष्ण मुख्य र द्वैपायन स्थान जनाउने शब्द हो जसअनुसार द्विपमा घर भएको भनने हुन्छ।वादरायन पनि स्थान जनाउने शब्द हो जसअनुसार वयरक‍ो जङ्गल भएको ठाउँमा घर भन्ने हुन्छ।

पराशर र सत्यवतिको पुत्रको रुपमा आजकै दिनमा जन्म भएको थियो  भन्ने शास्त्रीय प्रमाण पाइन्छ।

उहाँको शिक्षाको वारेमा खासै उल्लेख नभएपनि उहाँको गुरुको नाम `जातूकर्ण्य हो। वेद व्यासको आश्रम सरस्वती नदिको किनारमा थियोे भनिएको छ।उहाँ सम्पुर्ण भारतवर्षमा घुमिरहनु हुन्थ्यो जसले गर्दा धेरै ठाउँमा व्यास अाश्रमको रुपमा प्रख्यात छन्।त्यस्तै नेपाली भुमिको कुरा गर्नु पर्दा तनहुँमा आएर बस्नु भएको भन्ने विश्वास छ।

व्यासजीका चार मुख्य शिष्य  थिए । जसले चार वेदको प्रचारप्रसार गरेका छन्।

व्यास भन्नाले वृतको विचक‍ो १८०° कोणलाई बुझिन्छ। जसरी व्यासले वृतलाई वरावर हिसाबले बाड्छ त्यसरी नै सबै वैदिक वाङमय को भित्र गयेर वेदलाई बाड्नु भएकोले वेदव्यास भनिएको हो।संस्कृत धातु-प्रत्यय द्वारा पनि व्यासको अर्थ विभाजन हुन्छ।

माथिका प्रसङ्ग बाट  आजको दिनको पर्म पावनता प्रष्ट हुन्छ।

अब अाजको दिनलाई फलिभुत गराउन के के गर्नुपर्छ। आजको दिन बिहान शुद्धभई व्यास मुनिको सम्भना पूजाअर्चना गर्नुपर्दछ।संगसंगै गणेश भगवानको पनि पूजाअर्चना गर्नुपर्दछ।प्रथम पूज्य र व्यासमुनिलाई लेखन कार्यमा सगाएकाले ।आज घरमा भएका सबै धार्मिक पुस्तकको पनि पूजा गर्नु पर्दछ।साथै आमा बाबा र गुरुलाई पनि सात्विक खाध्य पदार्थ र उपहार सहित भेट गरेर आशिर्वचन लिनु पर्दछ।यदि टाढा भएर भेट्न सम्भव नभएमा बिद्युतिय सञ्चार माध्यम बाट सम्पर्क गरेर आशिर्वचन लिन सकिन्छ । उहाहरुको भौतिक शरीर यहाँ नभएमा उहाहरुको नामबाट कुनै पून्यको काम गरि आशिर्वचन लिन सकिन्छ ।यसरी आजको दिन आध्यात्मिक हिसाबले सफल बनाउन सकिन्छ ।

मोक्षको कामना सिद्ध गर्न सकिन्छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ