९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

साधना लघुवित्तको शेयर आइतबारदेखि बिक्री खुला

२१ असार २०७७, आईतवार ०७:१४

असार २१, काठमाडौँ । साधना लघुवित्त वित्तीय संस्थाको ६ लाख ६१ हजार ५२० कित्ता साधारण शेयर आइतबारदेखि बिक्री खुला भएको छ । नेपाल राष्ट्र बैंकले ‘घ’ वर्गको वित्तीय संस्थाका रुपमा अनुमति दिएको सो संस्थाले प्रतिकित्ता रु १०० का दरले कुल रु छ करोड ६१ लाख ५२ हजार बराबरको साधारण शेयर बिक्री गर्न लागेको हो । 

वित्तीय संस्थाको जारी पूँजी रु २१ करोड ७७ लाख ८० हजारको ३२.५० प्रतिशतले हुन आउने रु सात करोड सात लाख ८० हजार बराबरको रु १०० अङ्कित दरका सात लाख सात हजार ८०० कित्तामध्ये जारी पूँजीको ०.५० प्रतिशत अर्थात् १० हजार ८९० कित्ता शेयर कर्मचारीलाई तथा सर्वसाधारणलाई छुट्टयाएको छ । सो मध्ये पाँच प्रतिशत अर्थात ३५ हजार ३९० कित्ता शेयर सामूहिक लागनी कोषका लागि सुरक्षित गरिएको छ । 

उक्त वित्तीय संस्थाको साधारण शेयरको बिक्री प्रबन्धकमा ग्लोबल आइएमएइ क्यापिटल लिमिटेड रहेको छ । बिक्री प्रबन्धकका अनुसार आइतबारदेखि बिक्री हुने साधारण शेयर छिटोमा यही असार २४ गतेसम्म र ढिलोमा आगामी साउन ४ गतेसम्म बिक्री गरिने छ । इक्रा नेपालले गरेको रेटिङमा सो वित्तीय संस्थाको शेयर औसतभन्दा तल आधार रहेको उल्लेख  गरिएको छ । नेपाल धितोपत्र बोर्डले यही असार ७ गते साधारण शेयर निष्कासनका लागि संस्थालाई स्वीकृति दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता