2026-09-13 12:21 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

डोटीमा पहिरोमा पुरिएर चारमहिने बालकको मृत्यु

असार २१, डोटी । पूर्वीचौकी गाउँपालिकामा पहिरामा पुरिएर चारमहिने बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक दिलीपसिंह देउवाले दिनुभएको जानकारीअनुसार पहिरामा पुरिएर मृत्यु हुनेमा वडा नं ४ सानागाउँको नुवाकोट गाउँका भक्त दमाईंका चारमहिने छोरा छत्र दमाईंको मृत्यु भएको हो । 

गएरातिदेखिको लगातारको वर्षात्का कारण घरमाथिबाट आएको पहिरामा पुरिएर बालकको मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त पहिरामा परी भक्त घाइते हुनुभएका र उहाँको स्थानीय सानागाउँ स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । 

लगातारको वर्षात्का कारण जिल्लाका ग्रामीण सडक पूर्णरूपमा बन्द हुनुका साथै विकास निर्माणका कामसमेत प्रभावित भएका छन् । वर्षात्कै कारण जिल्लाकै पश्चिमी क्षेत्रमा पर्ने आदर्श गाउँपालिका–५ लामीखालको जगेडामा आएको बाढीका कारण किसानले धान लगाएका खेत, बारी सबै बगाएको छ ।

बाढीले गरेको क्षतिको विवरण सङ्कलनका लागि इलाका प्रहरी कार्यालय मौवाको टोली त्यसतर्फ परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक इन्द्रबहादुर मल्लले जानकारी दिनुभयो । 

वर्षात्ले गाउँका सडकको बिजोगः बिरामी र सुत्केरीलाई सास्ती

दुई दिनदेखिको लगातारको भारी वर्षात्का कारण जिल्लाका ग्रामीण क्षेत्रको आवतजावत रोकिएको छ । बर्सात्ले सडक हिलाम्मे हुनाका साथै ठाउँठाउँमा पहिरो आएपछि सवारीसाधन सञ्चालनमा अवरोध उत्पन्न भएको छ । जिल्लाका मौवा, मेल्लेक, केआइसिंह, वाइल, कपल्लेकी, गड्सेरा, मुभारा धुर्कोट र चवराचौतारा सडक अवरुद्ध भएका छन् । 

जथाभावी डोजर प्रयोग गरेर खनिएका जिल्लाका ग्रामीण सडकमा दुई दिनदेखि परेको वर्षासँगै सवारीसाधन गुड्न सकेका छैनन् । वर्षा शुरु हुनासाथ पहिरो खस्ने र यातायात सञ्चालनमा समस्या आउने गरेको चालक बताउँछन् । गाउँपालिका, वडा कार्यालय, जिल्ला समन्वय समिति र निर्वाचन पूर्वाधार क्षेत्र विकासको रकमले यहाँका ग्रामीण भेगका उपभोक्ता समितिमार्फत मनपरी सडक खनिएका सडकमा पहिरो आउँदा अवरुद्ध बनेको कपल्लेका स्थानीयवासी रतन ऐरले जानकारी दिनुभयो ।

सडक ग्रेड नमिल्ने  गरी  साँघुरो खनिएको स्थानीयवासीको आरोप छ । यहाँका अधिकांश ग्रामीण सडकमा सवारीसाधन चलाउनै नमिल्ने गरी बिग्रिएको सायल गाउँपालिका डौड–१ का डिलबहादुर सिंहले बताउनुभयो । उहाँले भन्नुभयो, “उपभोक्ता समितिले मनपरी ढङ्गले काटेका सडक बेकाम भएका छन्, सवारीसाधन त के मान्छे हिँड्नसमेत मुश्किल पर्न थालेको छ ।” यहाँका अधिकांश ग्रामीण कच्ची सडकमा हिउँदको ६ महिना मात्र सवारीसाधन सञ्चालन गर्न मिल्छ । 

हल्का वर्षा शुरु हुनासाथ ग्रामीण भेगको यात्रा पैदलमय हुने शैलेश्वरी यातायात व्यवसायी समितिका दिपायलका प्रमुख प्रेमबहादुर रावलले बताउनुभयो ।  उहाँले भन्नुभयो, “बाटो लैजाने नाममा जथाभाबी डोजर लगाएर खनेका सडकमा पानी परेपछि पहिरो खस्ने, हिलाम्मे हुन्छन्, गाडी हाल्ने बित्तिकै दुर्घटना भइहाल्छ ।” यहाँका अधिकांश ग्रामीण सडकमा सवारीसाधन चलाउन अति जोखिम छ । विनामापदण्डका ग्रामीण सडकमा ठूल्ठूला दर्जनौँ सवारी दुर्घटना हुँदासमेत स्तरोन्नतिका लागि खासै पहल हुन नसकेको स्थानीयवासीको आरोप छ ।

बजेट विनियोजन भएका ग्रामीण सडकमा समेत सरकारले रकम निकासा नदिँदा यहाँका ग्रामीण सडकको अवस्था जस्ताको तस्तै रहेको बोगटान फुड्सिल गाउँपालिकाका काँग्रेस नेता खडकबहादुर बोहराले बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारीस्तरबाट विनियोजन भएको रकम निकासा नदिँदा सडकको दुरवस्था छ, ग्रामीण सडकको स्तरोन्नति गर्ने हो भने पर्याप्त बजेट आउनुपर्छ ।” 

जिल्ला समन्वय समिति, वडा कार्यालय र  निर्वाचन क्षेत्र विकास कार्यक्रमको रु १० करोडभन्दा बढी खर्च यी सडकमा हुने गरेको छ । ती सडक प्राविधिकको वर्गीकरणमा ‘घ’ वर्ग र अति जोखिममा परेका छन् । वर्षा शुरु भएसँगै जिल्लाका ग्रामीण भेगका अधिकांश सडकमा सवारीसाधन गुड्न सकेका छैनन् । ग्रामीण सडक बन्द हुँदा उपचारका लागि आउने बिरामीका साथै सुत्केरीले दुःख पाउनुपरेको बडिकेदार गाउँपालिका–१ बिपीनगरका रोजबहादुर कलेलले बताउनुभयो ।

उहाँले भन्नुभयो, “गाडीमा चढेको बानीले हिँड्न गाह्रो हुन्छ, गाउँघरमा कोही बिरामी प¥यो कि बोक्न समस्या हुन्छ ।” डोटीका गाउँगाउँमा पछिल्लो केही समययता सडक पु¥याउने होडबाजी चलेको छ । विगतमा नेताहरुले जनतासँग सडक पु¥याउने वाचा गरेअनुसार यहाँका गाउँमा सडक पु¥याउने होडबाजी चलेको स्थानीयवासी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन