2026-06-27 05:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

क्रिकेटः चार दिने टेस्ट उपयुक्त नरहेको गाँगुलीको भनाई

असार २४,नयाँदिल्ली । (रासस–एएफपी) भारतीय क्रिकेट बोर्डका अध्यक्ष सौरभ गाँगुलीले चार दिवसीय टेस्ट क्रिकेट उपयुक्त नरहेको बताउनु भएको छ । क्रिकेटको विश्व निकायले टेस्ट क्रिकेटलाई पाँच दिनबाट चार दिनमा सीमित गर्नेगरी प्रस्ताव गरेको छ । 

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले सन् २०२३ देखि लागू हुनेगरी टेस्ट क्रिकेटलाई चार दिनमा सीमित गर्न प्रस्ताव गरेको छ । विगतमा दक्षिण अफ्रिका र मोजाम्बिक तथा इङ्ल्यान्ड र आइरल्यान्डबीच अन्तर्राष्ट्रिय मान्यताप्राप्त चार दिने टेस्ट खेल भइसकेका छन् । तर भारतीय क्रिकेट बोर्डले आइसीसीको उक्त धारणाको विरोध गर्दै आएको छ ।

भारतीय क्रिकेट बोर्डले आयोजना गरेको अनलाइन छलफलमा गाँगुलीले भन्नुभयो, “मलाई चार दिने टेस्ट खेलमा त्यति रुची छैन किनभने मेरो विचारमा अधिकांश टेस्ट खेलको नतिजा चार दिनमा आउँदैन ।”

उहाँले खेल चार दिनमा सीमित भएपछि खेल्ने शैलीमै परिवर्तन आउँछ भन्नुभयो । उहाँले पाँच दिने टेस्ट खेल निकै प्रतिस्पर्धात्मक र उत्कृष्ट रहेको बताउनुभयो ।

विश्व क्रिकेट परिषदको अध्यक्षका दाबेदार समेत मानिएका गाँगुलीले दिवा–राति टेस्ट खेल हुन सक्ने बताउनुभयो । सन् २०१८ मा अस्ट्रेलियासँग रात्रि टेस्ट खेल्न अस्वीकार गरेको भारतले गत वर्ष बंगलादेशसँग कोलकातामा गुलाबी बल प्रयोग गर्न सहमति जनाएको थियो ।

दुई खेलको यस शृङ्खला अन्तर्गत कोलकाताको खेल तीन दिनभित्रै समाप्त भएको थियो । यो शृङ्खला भारतले २–० ले जितेको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो