१ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोभिड–१९ बाट विश्वभर एक करोड २६ लाखभन्दा बढी सङ्क्रमित, पाँच लाख ६३ हजारको मृत्यु

२७ असार २०७७, शनिबार १०:२०

असार २७, वासिङ्टन (रासस/एएफपी)। विश्वभर कोभिड–१९ बाट विश्वभर एक करोड २६ लाखभन्दा बढी सङ्क्रमितभएका र पाँच लाख ६३ हजारभन्दा बढीको  शनिबारसम्म मृत्यु भएको जोन हकिन्स विश्वविद्यालयद्वारा सङ्कलन गरेको तथ्याङ्कमा उल्लेख गरिएको छ । 

उक्त विश्वविद्यालयको तथ्याङ्क अनुसार विश्वभर ७३ लाख कोरोना भाइरस सङ्क्रमित निको भई घर फर्किसकेका छन् भने ४७ लाख व्यक्ति अझै पनि सङ्क्रमित रहेका छन् ।

अमेरिकामा २४ घण्टामा ६३ हजार ६४३ सङ्क्रमित

विश्वमै सवैभन्दा धेरै सङ्क्रमित रहेको अमेरिकामा विगत २४ घण्टामा कोरोनाभाइरसबाट सङ्क्रमितको सङ्ख्या अहिलेसम्मकै धेरै ६३ हजार ६४३ पुगेको जोन हकिन्स विश्वविद्यालयद्वारा सङ्कलन गरेको तथ्याङ्कमा उल्लेख छ । 

योसँगै अमेरिकामा शनिबारसम्म सङ्क्रमितको सङ्ख्या ३२ लाख ९१ हजार ७८६ पुगेको छ । त्यस्तै विगत २४ घण्टामा अमेरिकामा कोभिड–१९ सङ्क्रमित ७७४ जनाको मृत्यु भएको छ । अहिलेसम्म एक लाख ३६ हजार ६७१ कोभिड–१९ सङ्क्रमितको मृत्यु भएको अमेरिकी स्वास्थ्य अधिकारीहरूले पुष्टि गरेका छन् ।

त्यसैगरी दोस्रो धेरै सङ्क्रमित रहेको ब्राजिलमा १८ लाख चार हजार ३३८ जना सङ्क्रमित भएका छन् भने ब्राजिलमा कोरोनाका कारण ७० हजार ५२४ जनाको मृत्यु भएको छ ।

सङ्क्रमणका दृष्टिकोणले अमेरिका र ब्राजिलपछि बढी सङ्क्रमित भारतमा भएका छन् । भारतमा आठ लाख २२ हजार ६७४ व्यक्ति सङ्क्रमित भएकोमा ६२ प्रतिशतभन्दा बढी निको भई घर फर्किएका भारतको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ । भारतमा शनिबारसम्ममा २२ हजार १५२ जनाको मृत्यु भएको छ ।

त्यसपछि बढी सङ्क्रमण पुष्टि भएका मुलुकहरू, रूसमा (सङ्क्रमित सात लाख २० हजार ५४७ र मृत्यु ११ हजार २०५), पेरू (सङ्क्रमित तीन लाख १९ हजार ६४६ र मृत्यु ११ हजार ५००), चिली (सङ्क्रमित तीन लाख ९ हजार २७४ र मृत्यु छ हजार ७८१) र स्पेनमा (सङ्क्रमित तीन लाख ९८८ र मृत्यु २८ हजार ४०८) रहेको छ । अन्य बढी प्रभावित मुलुकहरूमा इटली, फ्रान्स, बेलायत, इरान र पाकिस्तानलगायत रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल