१ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोना भाइरसबाट विश्वमा पाँच लाख ७१ हजार भन्दा बढीको मृत्यु

२९ असार २०७७, सोमबार ०९:५८

असार २९, जेनेभा स्वीट्जरल्याण्ड । (रासस/एएफपी) ।  कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ५ लाख ७१ हजार ६८९ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर १ करोड ३० लाख ४२ हजार ३४० जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्धारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ । 

नेपाली समयानुसार सोमबारसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसका कारण बिरामी भएका ७५ लाख ८८ हजार ५१० जना निको भएका छन्.। हाल विश्वभरमा कोरोना भाइरस संक्रमित करिब ४८ लाख ८२ हजार १४१ व्यक्ति उपचाररत रहेका छन् । संक्रमितहरुमा ५८ हजार ६५२ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । 

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र ३४ लाख १३ हजार ९९५ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् ।  यस प्रकोपका कारण अमेरिकामा १ लाख ३७ हजार ७८२ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

दक्षिण अमेरिकामा २८ लाख ९४ हजार ६११ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ५ हजार २०९ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ४० लाख  ७१४ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ८६ हजार ९० जनाको मृत्यु भएको छ । 

युरोपमा २५ लाख ७१ हजार ६९८ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने १ लाख ९६ हजार ५८१ को मृत्यु भएको छ । एसिया २९ लाख ६४ हजार ६९३ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, ७० हजार ३७८ जनाको मृत्यु भएको छ ।

अफ्रिकामा ५ लाख ९८ हजार २५९ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १३ हजार २८६ जनाको मृत्यु भएको छ ।  ओसियानामा ११ हजार ६४४ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १३० जनाको मृत्यु भएको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल