२७ मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौं उपत्यकामा समुदायस्तरमा कोरोनाभाइरस फैलिएको छैन

३ श्रावण २०७७, शनिबार ०२:०२

साउन ३, काठमाडौं। काठमाडौं उपत्यकामा समुदाय स्तरमा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण नफैलिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्पष्ट पारेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौं , भक्तपुर र ललितपुर जिल्लाका धेरै भीड हुने विभिन्न १२ स्थानमा सङ्कलन गरिएको ४ हजार ८ सय जनाको नमुना परीक्षणमा तीन जनामा मात्रै कोरोना पोजेटिभ देखिएको बताइएको छ ।

मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले सङ्क्रमित तीनमध्ये दुई जना विदेशबाट फर्किएका र एक जना ब्युटीपार्लर व्यवसायमा संलग्न व्यक्ति रहेको बताए । समुदाय स्तरमा कोरोना सङ्क्रमण देखिएको छैन । प्रवक्ता डा. गौतमले अन्य विभिन्न तथ्य र प्रमाणले पनि समुदाय स्तरमा सङ्क्रमण फैलिएको कुरालाई पुष्टि गरेको छ भने ।

उनले सार्वजनिक सवारीसाधन तथा कार्यालय खुल्दैमा कोरोना सङ्क्रमणको जोखिम छैन भन्न नमिल्ने उल्लेख गर्दै सङ्क्रमणको जोखिम अझै रहेको र कोरोना महामारीको भन्दा पहिलेको अवस्थामा फर्किन समय लाग्ने बताए । 

उनले सम्बन्धित व्यक्तिको सावधानी र होसियारीले आफू र अरूलाई कोरोनाबाट जोगाउन सकिने बताए । उनले काठमाडौँमा ट्राभल हिस्ट्री नभएकालाई समेत कोरोना देखिएपछि सङ्क्रमण फैलिएको हो या होइन पत्ता लगाउन इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले काठमाडौँ उपत्यकाका बैङ्क, मालपोत कार्यालय, अस्पताल लगायत भीड हुने विभिन्न स्थानमा स्वाब सङ्कलन गरेको थियो । यो समाचार आजको गोरखापत्र दैनिकमा सरोज ढुङ्गेलले लेखेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै