२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

छाङ्गरु गागामा झोलुङ्गे पुल निर्माणका लागि सामान ढुवानी गरिँदै

४ श्रावण २०७७, आईतवार ०२:०९

साउन ४, दार्चुला | व्यास गाउँपालिका–१ छाङ्गरु गागामा निर्माण गरिन लागेको झोलुङगे पुलका लागि हेलिकप्टरमार्फत सामान ढुवानी शुरु गरिएको छ । छाङ्गरु र तिङ्करका लागि खाद्यान्न ढुवानी गर्न आएको माउण्टेन एयरको हेलिकप्टरमार्फत पुल निर्माणको सामान ढुवानी शुरु गरिएको हो ।

तिङ्कर खोला र नाम्पा खोला जोडिने तिपुलच्याक्ती भन्ने ठाउँमा झोलुङगे पुल निर्माण गरिन लागेको हो । झोलुङगे पुल निर्माण शुरु गर्न हेलिकप्टरमार्फत सामान ढुवानी शुरु गरिएको निर्माण समितिका अध्यक्ष शङ्कर ऐतवालले जानकारी दिनुभयो ।

सामान ढुवानीका लागि बाटो नहुँदा अहिले हेलिकप्टरमार्फत सामान ढुवानी गरिन लागेको हो । हेल्पटास नेपाल र डोलिडारको आर्थिक तथा समाज कल्याण समाज दार्चुलाको प्राविधिक सहयोगमा झोलुङगे पुल निर्माण हुन लागेको हो ।

स्वीस सरकारको रु ७५ लाख १४ हजार ३५७ र व्यास गाउँपालिकाको रु चार लाख ७९ हजार ६३९ गरी कुल रु ७९ लाख ९३ हजार ९९६ लागतमा पुल निर्माण हुन लागेको हो । 

“सदरमुकाम खलङ्गाबाट २८ कोस उत्तरमा पर्ने छाङ्गरुमा पुल निर्माण गर्न निकै चुनौती छ”, समाज कल्याण समाजका अध्यक्ष रघुवीरसिंह ठगुन्नाले भन्नुभयो, “तैपनि यो क्षेत्रमा झोलुङगे पुल निर्माण गर्दैछौँ ।” पुल ६७ मिटर लम्बाइको हुनेछ ।

यो क्षेत्रमा झोलुङगे पुल निर्माणका लागि चाहिने सामग्री प्रतिकिलो रु २०० का दरले ढुवानी गरिँदैछ । झोलुङगे पुलका लागि चाहिने लठ्ठालगायतका सामान ढुवानी शुरु गरिएको निर्माण समितिका अध्यक्ष ऐतवालले बताउनुभयो । 

विगतमा भारतीय मार्ग हुँदै व्याससम्म निर्माण सामग्री ढुवानी हुँदै आएकामा यो पटक बन्दाबन्दीका कारण हेलिकप्टरको प्रयोग गरेर सामान ढुवानी गर्नुपरेको हो । भारतबाट सामान ढुवानी गर्दा केही सस्तो पर्न जाने भए पनि यो पटक बन्दाबन्दीले सम्भव हुन सकेन ।

आगामी कात्तिक महिनाभित्रै निर्माण सम्पन्न गर्ने गरी काम अघि बढाइएको समाज कल्याण समाजका अध्यक्ष ठगुन्ना बताउनुहुन्छ । विगतमा यो क्षेत्रमा काठेपुलमार्फत आवतजावत हुँदै आएको छ । काठेपुल विस्थापन गरी झोलुङगे पुल निर्माण गर्न लागिएको हो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे