२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जद्वारा डोजर ट्रयाक्टर निकुञ्जको नियन्त्रणमा

२०७७, ५ श्रावण सोमबार ११:०९

साउन ५, डोल्पा । शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जले नौ जनासहित एक डोजर र ट्र्याक्टर नियन्त्रणमा लिएको छ । त्रिपुरासुन्दरी नगरपालिका– ३ अन्तर्गत पर्ने सुँपानीबाट खेलकूद मैदानका लागि प्रयोग गरिएका कामदारसहित डोजर ट्र्याक्टर र चालक नियन्त्रणमा लिइएको हो । 

ठूलीभेरी नदीको किनारमा रहेको सुँपानीमा अनुमति नलिइ खेलकूद मैदान निर्माण गर्न लागेको थाहा पाएपछि चालकसहित सबैलाई नियन्त्रणमा लिएको निकुञ्जले जानकारी दिएको छ । “खेलकूद मैदान निर्माण गर्न लागिएको क्षेत्र निकुञ्ज क्षेत्रमा पर्छ, नीतिनियमविपरीत वन मन्त्रालय र राष्ट्रिय निकुञ्ज विभागको अनुमति नै नलिइ काम शुरु गरेको थाहा पाएपछि निर्माणमा संलग्न कामदार, उपकरण सबै नियन्त्रणमा लिएका हौ”, निकुञ्जका प्रमुख संरक्षण अधिकृत सरोजमणि पौडेलले भन्नुभयो । “नदीले कटान गरेको दुवैतिरको भूभाग निकुञ्ज क्षेत्रमा पर्छ, उक्त क्षेत्रमा अनुमतिविपरीत मान्छे डोजर प्रयोग गरेर निजी तथा सार्वजनिक निर्माण शुरु गर्नु कानूनविपरीत मानिन्छ ।” घटनाका विषयमा अनुसन्धान भइरहेकाले बताउँदै कसुर देखिएमा कानूनअनुसार कारवाही हुने पौडेलको भनाइ थियो ।

पक्राउ गरिएका सबैलाई नगर उपप्रमुख चन्द्राकुमारी बुढाको जिम्मा छोडिएकाले आवश्यक परेका खण्डमा जतिखेर पनि झिकाइने निकुञ्जले जनाएको छ । निर्माण गर्न लागिएको खेलकूद मैदान गत वर्ष कार्यपालिकाको बैठकबाट ठाउँ छनोट गरेर काम शुरु गरिएको नगर उपप्रमुख चन्द्राकुमारी बुढाले बताउनुभयो ।

भेरीले कटान गरेको ठाउँभरि आफ्नो क्षेत्रमा पर्ने निकुञ्जले बताएकाले एकपटक फिल्डमै पुगेर यकीन गर्न भनिएको उहाँको भनाइ छ । यता प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले सर्वप्रथम निकुञ्ज क्षेत्रमा पर्छ वा पर्दैन निकुञ्जले यकीन गर्नुपर्ने बताउनुभयो ।

“निकुञ्ज क्षेत्रमा पर्ने भएर पनि अनुमति नलिएर काम गरेको पाइयो भने कारवाही हुनुपर्छ, तर निकुञ्ज क्षेत्रमा नपरेको ठाउँमा अनाआवश्यक हस्तक्षेत्र गर्न हुँदैन । सबैले सहजीकरण गरेर विकास निर्माणकार्य अघि बडाउनु पर्छ”, सुनारले भन्नुभयो । निकुञ्ज क्षेत्रमा पर्ने भूगोलका विषयमा आम जनतालाई जानकारी गराउनुपर्ने उहाँको भनाइ थियो । उक्त खेलकूद मैदान सङ्घीय सरकार र त्रिपुरासुन्दरी नगरपालिकाको जनश्रमदानसहितको रु ८५ लाख संयुक्त बजेटमा निर्माण हुन लागेको थियो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो