सन्तोषकुमार गुप्ता/साउन १०, दाङ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीका १२ जना कार्यकर्तालाई दाङ प्रहरीले पक्राउ गरेको छ । यातायात र बजार बन्द गराउँदै हिडेका माओवादीका कार्यकर्ता पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एवं एसपी धिरजप्रताप सिंहले ज"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सन्तोषकुमार गुप्ता/साउन १०, दाङ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीका १२ जना कार्यकर्तालाई दाङ प्रहरीले पक्राउ गरेको छ । यातायात र बजार बन्द गराउँदै हिडेका माओवादीका कार्यकर्ता पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एवं एसपी धिरजप्रताप सिंहले ज"/>
२०८३, ७ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङमा बन्द गराउँदै हिडेका १२ जना बिप्लप माओवादीका कार्यकर्ता पक्राउ

२०७३, १० श्रावण सोमबार ०६:१५

सन्तोषकुमार गुप्ता/साउन १०, दाङ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीका १२ जना कार्यकर्तालाई दाङ प्रहरीले पक्राउ गरेको छ । यातायात र बजार बन्द गराउँदै हिडेका माओवादीका कार्यकर्ता पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एवं एसपी धिरजप्रताप सिंहले जानकारी दिए ।

उनका अनुसार तुलसीपुरवाट ६ जना र घोराहीवाट ६ जना कार्यकर्ता पक्राउ परेका हुन । नेकपा माओबादी दाङका जिल्ला सेक्रेटरी बलबहादुर ओली शितलका अनुसार तुलसीपुरवाट प्रहरीले पार्टी जिल्ला कमिटी सदस्यहरु तिलक योगी, अमर केसी, तुलसीपुर नगर कमिटी सदस्यहरु सुदशर्न, निरज विक, अनेराश्ववियू क्रान्तिकारीका जिल्ला कमिटी सदस्य हेमन्तप्रकास वली,अखिल ट्रेड यूनियन महासंघका जिल्ला सहसचिव मिलाप मेगीलाई पक्राउ गरिएको छ । 

त्यस्तै घोराही वाट विद्यार्थी संगठनका नवराज विश्वकर्मा, विवश विसी, मनोज केसी, शिवराज महतरा, तेजेन्द्र रोका, र अनिल केसी रहेको जिल्ला सेक्रेटरी सितलले जानकारी दिए । जिल्ला सक्रेटरी सितलले प्रहरी प्रशासनले आफूहरुको शान्तिपूर्ण आन्दोलनमा अनावश्यक बल प्रयोग गर्दै धरपकट गरेको भन्दै विरोध गरेका छन् । 

यसैबीच नेपाल वन्दको प्रभाव दाङमा पनि विहानै देखि परेको छ । बन्दका कारण जिल्लामा मोटर गाडी सञ्चालनमा आउन सकेका छैनन् । बजार, कलकारखाना , उद्योग सबै ठप्प छ । विद्यालय पनि ठप्प छन् । बन्द साँझ ५ बजेमात्रै खुल्ने उक्त पार्टीले जनाएको छ ।

 सोमवार विहान ५ वजेदेखि नै बन्द आह्वान गरिएको छ । सरकारले असार २१ गते पूर्वी नेपालको सर्लाही ढुंगेखोला ८ धरहराको सुकुम्वासीवस्तीमा व्यापक दमन गरेकोले त्यसको विरुद्धमा नेपाल वन्द गरिएको विप्लव माओवादीले जनाएको छ ।

नेकपा माओबादी दाङका जिल्ला सेक्रेटरी बलबहादुर ओली सितलद्धारा हस्ताक्षरित विज्ञप्तिमा सुमुम्वासी वस्तीमा प्रहरीले दमन गर्दा ३६ जना सुकुम्वासी गम्भिर घाईते भएको, अन्य दर्जनौंलाई गिरफ्तार र धरपकड गरेको, सुकुम्वासीको अन्नवालीमा डोजर लगाएर नष्ट गरेको जस्ता आरोप लगाइएको छ । त्यसको विरुद्धमा नेपाल वन्द गर्नुपर्ने सक्रेटरी सितलको विज्ञप्तिमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ