९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

आज मध्येरातदेखि लकडाउन अन्त्य हुँदै, के-केमा छ अझै प्रतिबन्ध ?

६ श्रावण २०७७, मंगलवार १४:१२

साउन ६, काठमाडौं । मंगलबार (आज) मध्यरातदेखि लकडाउनको अन्त्य भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको वैठकले कोरोन भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि चैत ११ गतेदेखि जारी लकडाउन साउन ६ गतेदेखि अन्त्य गर्ने निर्णय गरेको हो ।

कोरोना महामारीको स्थीति नियन्त्रणको लागि पटक-पटक म्याद थप गरिएको थियो । पछिल्लो पटक सरकारले निजी सवारी साधनहरु जोर-विजोर प्रणालीमा संचालन गर्न दिएको थियो भने पसल तथा उद्योग सञ्चालन गर्न दिएको थियो ।


मंगलबारदेखि सरकारले लकडाउन पूर्ण रुपमा हटाउने निर्णय गरेको छ । तर केहि कुरामा भने प्रतिबन्ध लगाउनेछ । लकडाउन खुलेपनि अर्को निर्णय नहुँदासम्म शैक्षिक संस्था, सभा सम्मेलन, विचार गोष्ठी, प्रदर्शन तथा भेला, सिनेमा हल, डान्स बार लगायतका मनोरञ्जन स्थलहरु, सैलुन, व्यूटी पार्लर, जिमखाना, हेल्थ क्लब, समूहमा खेलिने खेल, धार्मिक स्थलहरु, पुस्तकालय, संग्राहलयहरु र चिडिया खाना अझै खुल्ने छैनन् ।

त्यस्तै सरकारले ट्राभल, होटल तथा रेष्टुरेन्टहरु साउन १५ बाट खुला गर्न अनुमति दिएको छ । त्यस्तै भदौ १ गतेबाट अन्तराष्ट्रिय उडान, आन्तरिक उडान, लामो तथा छोटो दुरीको सवारी साधन खुलाउने निर्णय गरेको छ । भदौ १ गतेदेखि विद्यार्थी भर्ना र परीक्षा लगायतका गतिविधि गर्न पनि दिने भएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो