2026-07-24 10:28 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

आज मध्येरातदेखि लकडाउन अन्त्य हुँदै, के-केमा छ अझै प्रतिबन्ध ?

साउन ६, काठमाडौं । मंगलबार (आज) मध्यरातदेखि लकडाउनको अन्त्य भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको वैठकले कोरोन भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि चैत ११ गतेदेखि जारी लकडाउन साउन ६ गतेदेखि अन्त्य गर्ने निर्णय गरेको हो ।

कोरोना महामारीको स्थीति नियन्त्रणको लागि पटक-पटक म्याद थप गरिएको थियो । पछिल्लो पटक सरकारले निजी सवारी साधनहरु जोर-विजोर प्रणालीमा संचालन गर्न दिएको थियो भने पसल तथा उद्योग सञ्चालन गर्न दिएको थियो ।

मंगलबारदेखि सरकारले लकडाउन पूर्ण रुपमा हटाउने निर्णय गरेको छ । तर केहि कुरामा भने प्रतिबन्ध लगाउनेछ । लकडाउन खुलेपनि अर्को निर्णय नहुँदासम्म शैक्षिक संस्था, सभा सम्मेलन, विचार गोष्ठी, प्रदर्शन तथा भेला, सिनेमा हल, डान्स बार लगायतका मनोरञ्जन स्थलहरु, सैलुन, व्यूटी पार्लर, जिमखाना, हेल्थ क्लब, समूहमा खेलिने खेल, धार्मिक स्थलहरु, पुस्तकालय, संग्राहलयहरु र चिडिया खाना अझै खुल्ने छैनन् ।

त्यस्तै सरकारले ट्राभल, होटल तथा रेष्टुरेन्टहरु साउन १५ बाट खुला गर्न अनुमति दिएको छ । त्यस्तै भदौ १ गतेबाट अन्तराष्ट्रिय उडान, आन्तरिक उडान, लामो तथा छोटो दुरीको सवारी साधन खुलाउने निर्णय गरेको छ । भदौ १ गतेदेखि विद्यार्थी भर्ना र परीक्षा लगायतका गतिविधि गर्न पनि दिने भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक