३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राखेप सदस्य सचिवमा सिलवाल, थापा र श्रेष्ठको नाम सिफारिस

७ श्रावण २०७७, बुधबार १७:०३

साउन ७, काठमाडौँ | राष्ट्रिय खेलकूद परिषद् (राखेप)को सदस्य सचिवका लागि तीन जनाको नाम सिफारिस गरिएको छ । 

सिफारिस हुनेमा रमेशकुमार सिलवाल, लीलबहादुर थापा र अञ्जु श्रेष्ठ छन् । सिफारिस समितिले सदस्य सचिवका लागि सिलवाल, थापा र श्रेष्ठको नाम युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्मासमक्ष सिफारिस गरेको हो । 

मन्त्रालयले सदस्य सचिव नियुक्तिका लागि रामप्रसाद थपलिया संयोजक तथा रिम रानाभाट र इन्दिरा निरौला सदस्य रहेको सिफारिस समिति गठन गरेको थियो । समितिले सदस्य सचिवका लागि गत असार २६ गते सात दिने खुला दर्खास्त आह्वान गरेको थियो । उक्त अवधिमा सदस्य सचिवका लागि तीन महिलासहित २७ जनाले निवेदन दिएका थिए । 

सदस्य सचिवका लागि सिफारिस गरिएका सिलवाल यसअघिका सदस्य सचिव हुन् । यस्तै अर्का व्यक्ति थापा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य हुन् । सिफारिस गरिएकी श्रेष्ठ राष्ट्रिय महिला भलिबल टोलीकी पूर्व कप्तान हुन् । अब मन्त्रालयले तीनै जनाको नाम मन्त्रिपरिषद्मा पेश गर्नेछ भने मन्त्रिपरिषद्को बैठकले राखेपको नयाँ सदस्य सचिवको निर्णय गर्नेछ । 

खेलकूद विकास ऐन २०७७ मा सदस्य सचिवका लागि मन्त्रालयले गठन गरेको समितिले एक महिलासहित तीन जनाको नाम सिफारिस गर्नुपर्ने प्रावधानको व्यवस्था गरेको छ । यसअघि युवा तथा खेलकूदमन्त्रीले राखेप सदस्य सचिव सोझै नियुक्त गर्न मिल्ने ऐनमा व्यवस्था थियो । राखेप सदस्य सचिव बन्नका लागि नयाँ ऐनमा ३० वर्ष उमेर पूरा भएको, नेपाली नागरिक भएको, स्नातक तह उत्तीर्ण भएको, खेलकूदका क्षेत्रमा पाँच वर्ष काम गरेको तथा प्रचलित कानूनले अयोग्य ठहर नभएको व्यक्ति हुनुपर्ने प्रावधान छ । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता