९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सुनको मुल्यमा नयाँ रेकर्ड कायम, एकै दिन तोलामा १३ सय बढ्यो

९ श्रावण २०७७, शुक्रबार ०७:४०

साउन ९, काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मुल्यले नयाँ रेकर्ड कायम गरेको छ । 

एकै दिन तोलामा १३ सयले बढेर शुक्रबार सुनको मूल्य तोलाको ९५ हजार ८०० पुगेको छ । शुक्रबारको मूल्य हालसम्मकै उच्च हो। 

पछिल्लो समय लगातार महंगिएको सुन अघिल्लो दिनको भन्दा ५०० रूपैयाँले बढेर बिहीबार तोलाको ९४ हजार ५०० पुगेको थियो । अन्तर्राष्ट्रिय बजारमा लगातार मूल्य बढिरहनुको प्रभाव परेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। सुनसँगै क्रमिक महंगिएको चाँदी भने शुक्रबार ५ रूपैयाँ बढेर प्रतितोला ११ सय ५० पुगेको छ। बिहीबार भने अघिल्लो दिनका तुलनामा १० रूपैयाँले बढेको थियो।

अन्तर्राष्ट्रिय बजारमा बिहीबार बिहान प्रतिऔंस १८६९.२८ डलरमा कारोबार भएको सुन शुक्रबार बढेर १८८८.३० डलर पुगेको छ। बुधबार बिहान १८५७.०१ र मंगलबार १८१७.७४ डलरमा कारोबार भइरहेको थियो।

बिहीबार प्रतिऔंस २२.६८ रहेको चाँदी भने शुक्रबार २२.६० डलरमा कारोबार भएको छ। बुधबार २२.३६ डलर मा कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल