२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियाको समूद्रमा कम्तिमा २४ रोहिंज्या आप्रवासी डुबेको आशङ्का

२०७७, ११ श्रावण आईतवार १६:४३

साउन ११, क्वालालम्पुर | थाईल्याण्ड नजिकै मलेसियाको समुद्री तटमा कम्तीमा दुई दर्जन शरणार्थीहरू बोकेको डुङ्गाबाट हाम फालेको तर आइतबारसम्म एक जना मात्र सम्पर्कमा आएको बताइएको छ । उनीहरू डुङ्गाबाट किन हाम फाले भन्ने विषय खुलेको छैन । 

पोडेर तटमा पुगेका एक रोहिंज्या आप्रवासीलाई प्रहरीको जिम्मा लगाइएको तर अन्य रोहिंज्या सदस्यहरू डुबेको आशङ्का गरिएको एक तटवर्ती अधिकारीले आइतबार बताएका छन् । 

उत्तरी राज्य केडा र पर्लिसका तटीय सुरक्षा गार्ड प्रमुख मोहम्मद जववी अब्दुल्लाहका अनुसार २४ बर्षीय नूर हुसेनलाई लाङ्गकावीको रिसोर्ट टापुमा किनारमा पुर्याएपछि प्रहरीले नियन्त्रणमा लिएको थियो । 

“अवैधरूपमा मलेसिया प्रबेश गरेका रोहिंज्या आप्रवासी टोलीका २४ जना डुङ्गाबाट हाम फालेका तर  पौडी खेली जीवन जोगाउन उनी मात्रै सफल भएका व्यक्ति थिए,” जववीले भन्नुभयो ।

वेपत्ता रहेका भनिएका अन्यको खोजी भइरहेको एक अधिकारीले एएफपीलाई बताए । उनका अनुसार समाचार तयार पार्दासम्म कसैलाई पनि जीवित वा मृत अवस्थामा नभेटिएको उनले बताए ।

मुसलमान बाहुल्य मलेसिया रोहिंज्याका लागि रोजिएकको गन्तव्य हो । 

तीन बर्ष पहिले म्यानमारमा सैन्य कारबाहीपछि भागेर आएका सात लाखभन्दा बढी रोहिंज्या मुसलमानहरुमध्ये धेरैले बंगलादेशको कोक्स बजार जिल्लामा शरण लिई बसेका थिए भने ।

केहीले शिविरमा बढी भीडभाड भएपछि भारत, नेपाल, मलेसिया, इनडोनेसिया लगायतका मुलुकमा शरणार्थी जीवन विताइरहेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म