२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जुम्ला कोरोना सङ्क्रमण मुक्त

१२ श्रावण २०७७, सोमबार ०५:०८

साउन १२, जुम्ला | जुम्लाजिल्ला कोरोना भाइरस सङ्क्रमण मुक्त भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको आइसोलेसनमा रहेका एक जना सङ्क्रमित आइतबार निको भएर घर फर्केपछि जिल्ला कोरोना भाइरस सङ्क्रमण मुक्त भएको हो । 

प्रतिष्ठानका शिक्षाध्यक्ष प्राडा निरज थापाले भन्नुभयो,“प्रतिष्ठानमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीको अथक कामले यो सफलता प्राप्त भएको हो । अझै कोरोनाको जोखिम कायम रहेको हुँदा सावधानि अपनाउन म आग्रह गर्दछु । ” प्रतिष्ठानले हालसम्म करिव २० जनाको पिसिआर परीक्षण गरिसकेको छ ।

आइसोलेसनमा बाँकी रहेका एक जनाको कोरोना रिपोर्ट नेगेटिभ आएपछि सङ्क्रमितको सङ्ख्या  शून्य भएको प्रतिष्ठानका कोरोना फोकल पर्सन प्राडा धीरज गुरुङले बताउनुभयो । “शुरु शुरुमा कोभिड कम भए पनि बिचमा बढ्यो । डर घट्यो । जिल्लालाई यो स्थानमा ल्याउन सबै पक्षको सहयोग रहेकाले नतिजा सबैका नेगेटिभ आएको छ । तर परीक्षण दायरा बढाउँदा अझै भेटिन सक्ने भन्दै सबै अझै सजग हुनुपर्छ । ” उहाँले भन्नुभयो । 

प्रतिष्ठानका प्रशासकीय अधिकृत अमृत भण्डारीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुपछि प्रतिष्ठानले कोरोना परीक्षण गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पिसीआर उपकरण स्थापना गरी सञ्चालन, कोरोना जाँच र स्वाँव सङ्कलनमा उच्च प्राथमिता दिएका कारण यो सफलता हात परेको हो । ”  प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले कोभिडको त्रासको अवस्थामा स्वास्थ्यकर्मी र सरोकारवाला निकायले गरेको सहयोग अतुलनीय रहेको बताउनुभयो । उहाँले हुम्ला, मुगु, दैलेख, कालीकोटसहित आवश्यकता परेको स्थानमा काम गर्न चिकित्सक, स्वास्थ्यकर्मी, परिचालन भएको जानकारी दिनुभयो ।

सङ्क्रमित शून्य भएपछि कोभिडविरुद्धको अभियानमा काम गर्ने सबै स्वास्थ्यकर्मीलाई आइतबार सम्मान गरिएको थियो । जिल्लामा सबै उपलब्ध नहुने भएकाले साङ्केतिक रुपमा उपलब्ध स्वास्थ्यकर्मीलाई सम्मानसमेत गरिएको हो । जिल्ला प्रशासन कार्यालयले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको समन्वयमा कोरोनाविरुद्ध लड्ने प्रतिष्ठान र जनस्वास्थ्य सेवा कार्यालयका स्वास्थ्यकर्मीलाई सम्मान गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले अहिले सङ्कटको समयमा स्वास्थकर्मी नागरिकका लागि वास्तविक नायक सावित र अझै राष्ट्रसेवकले राज्यलाई आवश्यक परेको समयमा निरन्तर सहयोग गर्नेमा दुईमत नभएको बताउनुभयो । 

परीक्षण गरिएकामध्ये ६९ जनालाई कोरोना सङ्क्रमण देखिएको सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाले बताउनुभयो । उहाँले भन्नुभयो, “आइसोलेसनमा रहेका एक जना आइतबार निको भएर गएपछि जुम्ला जिल्ला कोरोनामुक्त भएको हो । ६९ जना सङ्क्रमित निको भएर घर फर्केका छन् ।” त्यसैगरी ४०९ जनाको आरडिटी परीक्षण गरिएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ