2026-07-24 10:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

स्कुटर सिक्नेतर्फ महिलाको बढ्दो आकर्षण

मीना घोरसाइने | साउन १२, काठमाडौँ | सहजताका लागि आजभोलि निजी सवारी साधन अनिवार्य जस्तै बनिसक्यो । कोभिड– १९ को सङ्क्रमणबाट जोगिन सरकारले लागू गरेको बन्दाबन्दी (लकडाउन) पछि त यसको महत्व झन बढ्दो छ । 

प्रायः कामकाजमा व्यस्त देखिने महिला बन्दाबन्दीपछि ड्राइभिङ सेन्टरमा बढी व्यस्त देखिन थालेका छन् । विशेष गरी ड्राइभिङ सेन्टरमा स्कुटर सिक्न बढी महिलाको चाप देखिन थालेको हो । वनस्थलीकी ३५ वर्षीया सीता परियारले स्कुटर सिक्न थाल्नुभएको लगभग एक महिना हुन लाग्यो । अन्य समय सिलाइबुनाइमा व्यस्त रहने उहाँ यो समय स्कुटर सिक्ने महत्वपूर्ण समय रहेको बताउनुहुन्छ । “स्कुटर सिक्नु अहिलेको अनिवार्य आवश्यकता जस्तै बनिसक्यो”, उहाँ भन्नुहुन्छ, “काठमाडौँको ट्राफिक जाम र सार्वजनिक सवारी साधनका कारण समय बर्बाद हुन्छ । ।”

आवतजावतको सहजता अहिलेको मुख्य प्राथमिकता रहेको उहाँको दाबी छ । उहाँ जस्तै खरिबोटकी २३ वर्षीया उषा गुरुङले पनि स्कुटर सिक्न थाल्नुभएको २० दिनभयो । बन्दाबन्दी अघि पढाइमा व्यस्त रहने उहाँ परिवारको आग्रह बमोजिम सिक्न शुरु गरेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “सामान्य अवस्थामा सिकाइको मूल्य निकै उच्च थियो, अहिले झण्डै आधा मूल्य घटेको छ ।” सस्तो मूल्यमा सिक्न पाउने भएपछि आफूलाई यो समय प्रभावकारी लागेको उहाँको भनाइ छ । 

“४५ दिने ड्राइभिङ क्लासको २० दिन नाघ्यो”, उषा भन्नुहुन्छ, “कहिले क्लास सकिएला र ट्रायल दिएर लाइसेन्स लिउँ जस्तो भएको छ ।” “शुरुमा हात खुट्टा काँप्थ्यो । अहिले त राम्ररी चलाउन सक्छु”, उहाँ भन्नुहुन्छ । रोजगारीमा जाँदा पहिलो प्रश्न ‘स्कुटर चलाउन आउँछ ?’ भन्ने भएपछि पनि रोजगारीकै लागि पनि सिक्नु पर्ने बाध्यता रहेको उहाँ प्रष्ट्याउनुहुन्छ । 

कोहीले आवतजावतमा सहजताकै लागि स्कुटर सिक्ने भए पनि कसैले भने सोखकै रुपमा स्कुटर सिक्ने गरेको पाइन्छ । आफ्ना सबै साथी स्कुटर चलाएर हिँड्दा अफ्ठेरो महसुस हुने हुँदा उनीहरुका अगाडि आफूलाई बराबर देखाउन सिक्न थालेको त्यहाँकी अर्की स्थानीयवासी ममता तामाङ बताउनुहुन्छ । “इज्जत धान्नकै लागि भए पनि स्कुटर अहिले महिलाको अनिवार्य आवश्यकता नै बनिसकेको छ ।”

गृहिणीलाईसमेत स्कुटर सिक्नु आवश्यक रहेको उहाँ बताउनुुहुन्छ । बन्दाबन्दी केही खुकुलो भएर काठमाडौँका ड्राइभिङ सेन्टर खुल्न थालेसँगै स्कुटर सिक्ने महिलाको सङ्ख्यामा पनि दोब्बर वृद्धि हुन थालेको छ । बन्दाबन्दीपछि शूल्कमा आएको गिरावटका कारण सिक्नेको सङ्ख्यामा गिरावट आएको सेन्टरका सञ्चालक बताउँछन् । 

उपत्यकामा हाल सुमन ड्राइभिङ सेन्टर, बुढाथोकी ड्राइभिङ सेन्टर, अधिकारी मोटर ड्राइभिङ सेन्टर, सुजुकी ड्राइभिङ स्कुल, विश्वकार्मा मोटर ड्राइभिङ सेन्टर, दूधकुण्ड ड्राइभिङ सेन्टर, काठमाडौँ, ड्राइभिङ सेन्टर, द हिमालयन रिलायन्ट ड्राइभिङ सेन्टरलगायत सञ्चालित छन् । 

सेवाग्राहीको सुविधालाई मध्यनजर गर्दै जोखिम मोलेरै भए पनि सिकाउने काम भइरहेको हिमालयन रिलायन्ट ड्राइभिङ सेन्टरका सञ्चालक राजेन्द्र थापा बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “सिकाउने काम नै नगरे ग्राउण्डको भाडा कसरी तिर्नु ?” यस्तो समय व्यवसायीकतालाई पनि ध्यानमा राख्नुपर्ने उहाँको तर्क छ । महिलाहरूको आत्मविश्वास देखेर आफू खुसी भएको उहाँ बताउनुहुन्छ । “हिजोआज स्कुटर सिक्ने महिला बढी आउँछन्”, उहाँ भन्नुहुन्छ, “स्कुटर चलाउने पेसाप्रति महिला आकर्षित बन्दै गएका हुन् ।” 

उक्त ड्राइभिङ सेन्टरमा पहिले दैनिक एघार जना स्कुटर सिक्न आउने गर्दथे भने हाल २२ जनाभन्दा बढी आउने गरेका छन् । जसमा किशोरीदेखि अधबैंसे महिलासमेत आउने गरेको थापा बताउनुहुन्छ । सिक्न आउनेको सङ्ख्या बढ्दै गएपछि कर्मचारी पनि थपेको उहाँ बताउनुहुन्छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक