२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकाले टिकटकमा प्रतिबन्ध लगाउन सक्ने राष्ट्रपति ट्रम्पको भनाई

२०७७, १७ श्रावण शनिबार ०७:४७

साउन १७, वासिङ्टन (रासस/एएनआई) | अमेरिकाले चिनियाँ भिडियो सेयरिङ एप्लिकेसन्स, टिकटकमा प्रतिबन्ध लगाउन सकिने जनाएको छ । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार सो कुराको जानकारी दिनुभएको हो । उहाँले भन्नुभएको छ– हामीले यस विषयमा विचार गरिरहेका छौँ कि अमेरिकाले टिकटकले प्रतिबन्ध लगाउन पनि सक्छ । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्नुभएको छ– हामीले यो विषयको तयारी गरेका छौँ, हामीसँग टिकटकका अरु पनि कैयौँ विकल्पहरु हुन सक्छन्, त्यस बारेमा खोजी गरेका छौँ हामीले यसमा प्रतिबन्ध लगाउन सक्छौँ । 

अमेरिकामा कतिपय चिनियाँ एप्लिकेन्सहरुमा प्रतिबन्ध लागेको छ । त्यसैले अमेरिकाले यस टिकटकमा पनि प्रतिबन्ध लगाउनसक्ने तयारी गरेको चर्चा शुरु भएका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको यो भनाई आएको हो । 

यसअघि जुलाईको पहिलो सातामा नै अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले पनि अमेरिकाले टिकटकमाथि प्रतिबन्ध लगाउने बारेमा सोचिरहेको भनाई राख्नुभएको थियो । 

त्यसको करिब महिना दिनपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको यो भनाई आएको प्राप्त समाचारमा जनाइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ