साउन १७, काठमाडौँ | आज थप ३१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार गरेको नियमित कोभिड १९ प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा ३१५ जना संक्रमित फेला परेको जानकारी दिएका हुन् । संक्रमितको संख्या २० हजार ८६ पुगेको छ ।
पछिल्लो २४ घन्टामा नेपालमा ९३ जना डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमित भई निको हुनेको संख्या १४ हजार ४९२ पुगेको छ । पछिल्लो २४ घन्टामा ६ हजार ९९३ परीक्षण गरिएको छ ।
आजसम्म पीसीआर विधिबाट ३ लाख ८२ हजार ४९० परीक्षणहरु गरिएका छन् ।
मन्त्रालयका अनुसार हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ११ हजार ५३३ जना रहेका छन् । त्यसैगरी आइसोलेसनमा रहनेको संख्या ५ हजार ३३८ जना रहेको छ ।
पछिल्लो २४ घण्टामा संक्रमित भेटिएका जिल्लागत तथ्यांक
कैलाली ८९
बझाङ ६८
पर्सा ६६
इलाम २२
सुनसरी १
झापा २
सिरहा ५
उदयपुर १
मोरङ ३
सप्तरी ७
बारा १
रौटहट १
कञ्चनपुर ९
काठमाडौँ ५
काभ्रेपलाञ्चोक १
रामेछाप २
भक्तपुर १
कास्की १
रुपन्देही २
सल्यान १