२०८२, २ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दोस्रो एनआरएन विश्व ज्ञान सम्मेलन आगामी असोजमा हुने

२०७७, १९ श्रावण सोमबार ०८:२४

साउन १९, काठमाडौं । विदेशमा रहेका र विदेशबाट फर्किएका नेपालीको ज्ञान, सीप र बौद्धिकतालाई नेपालको विकास एवं समृद्धिका लागि प्रयोगमा ल्याउने उद्देश्यका साथ दोस्रो एनआरएन विश्व ज्ञान सम्मेलन आगामी असोजमा हुने भएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) र नेपाल सरकारको सहकार्यमा आगामी असोज २३ देखि २५ गतेसम्म हुन लागेको सो सम्मेलनमा चार ‘प्लेनरी सेसन’ र १५ ‘सिम्पोसियम सेसन’को सञ्चालन हुनेछ । सम्मेलनमा गैरआवासीय नेपाली विज्ञ, नेपालमा भएका विज्ञ र नेपालसँग जोडिएका विदेशी विज्ञका २०० बढी कार्यपत्र प्रस्तुत हुनेछन् । सम्मेलनको निष्कर्षको श्वेतपत्र सरकारलाई बुझाइने सङ्घले जनाएको छ । 

सङ्घले आफ्नो स्थापनाकालदेखि नै  विदेशमा रहेका नेपालीले आर्जन गरेको ज्ञान सीप प्रविधि एवं पूँजीलाई नेपालको दिगो विकासमा प्रयोग गर्ने सम्बन्धमा समय सापेक्ष नीतिगत पहलका लागि प्रयास गर्दै आएको छ ।  सम्मेलन कोरोनाले नेपालमा पारेको प्रभाव र कोरोनापश्चात् विश्वभर चालिएका कदम र नेपालले अवलम्बन गर्नुपर्ने रणनीतिमाथि केन्द्रित हुने सम्मेलनका संयोजक डा हेमराज शर्माले जानकारी दिनुभयो । सम्मेलनमा  संयुक्त राष्ट्रसङ्घको दिगो विकासको लक्ष्य र नेपाल सरकारको १५ औँ पञ्चवर्षीय योजनाका विषयमा विज्ञले सम्बन्धित विषयमा कार्यपत्र प्रस्तुत गर्नेछन् । यस्तै विभिन्न विषयमा दुई दर्जन बढी अवधारणापत्र प्रस्तुत हुनेछन् । 

सम्मेलन कसरी र कहाँ गर्ने भन्नेबारे कोरोना भाइरसको सङ्क्रमणको अवस्थाले निर्धारण गर्ने सङ्घले जनाएको छ  । कोरोना भाइरसको प्रभाव सामान्य हुँदै गए काठमाडौँ विश्वविद्यालयमा सम्मेलन आयोजना गर्ने तयारी गरिएको संयोजक शर्माले जानकारी दिनुभयो ।  कोरोना भाइरसको प्रभाव रहिरहेमा सो सम्मेलनलाई अनलाइन सम्मेलनको रुपमा परिणत गर्ने निर्णय भएको पनि उहाँले जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ