2026-06-15

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्व संस्कृत दिवस घोषणाको प्रस्ताव गर्न सरकारसँग माग

साउन २०, काठमाडौँ । जरो किलो प्रतिष्ठान नेपालले आयोजना गरेको तेस्रो विश्व संस्कृत दिवसका अवसरमा संयुक्त राष्ट्रसङ्घको मान्यताका लागि पहल गर्ने घोषणा गरिएको छ । कोरोना महाव्याधिको प्रकोपका कारण जुम प्रविधिको माध्यमबाट सम्पन्न भएको कार्यक्रममा महाअभियानका सङ्कल्पकर्ता डा निर्मलमणि अधिकारीले विसं २०७५ देखि मनाउन थालिएको विश्व संस्कृत दिवसलाई संयुक्त राष्ट्रसङ्घबाट घोषणा गराउन सरकारका तर्फबाट प्रस्ताव लैजान पहल गर्ने बताउनुुभएको हो । योग दिवस तारिखका दिन घोषणा भएजस्तो हुन नदिन पनि ऋषि परम्पराको महत्वपूर्ण दिन श्रावण शुक्ल पूर्णिमाकै दिन संस्कृत दिवस घोषणा गराउन सरकारले पहल गर्ने विश्वास अधिकारीले व्यक्त गर्नुभयो ।

नेपालमा विसं २०३६ देखि उत्तरायण शुरु हुने माघ १ गते विश्व योग दिवसका नाममा मनाउन शुरु गरिएको थियो । त्यसलाई विश्व पहिचानका लागि नेपालले पहल नगर्दा भारतको प्रस्तावमा राष्ट्रसङ्घले जुन २१ लाई योग दिवसको मान्यता दिएको थियो । संस्कृत भाषा विभिन्न भाषाको जननी भएकाले संसारमा रहेका जुनकुनै भाषामा रहेका हितकारी चिन्तनलाई उजागर गर्न विश्व संस्कृत दिवस मनाउन थालिएको प्रतिष्ठानले जनाएको छ । अधिकारीले विश्व संस्कृत दिवसले मन्त्रद्रष्टा ऋषि र ऋषिकाहरूको सम्मान गरेको बताउनुभयो ।

तेस्रो संस्कृत दिवस आयोजक समितिका संयोजक तथा महाअभियानका उपाध्यक्ष डा गोविन्दशरण उपाध्यायले संस्कृत दिवसको प्रभावस्वरुप छिमेकी मुलुकमा पनि विश्व संस्कृत दिवसको आयोजना गरिनु नेपालका लागि गौरवको कुरा भएको बताउनुभयो । यस वर्ष भारतको विश्वविद्यालय अनुदान आयोगले त्यहाँका २२ वटा संस्कृत विश्वविद्यालयलाई पत्राचार गरी श्रावण शुक्ल पूर्णिमा अर्थात् सोमबारकै दिन संस्कृत दिवस मनाउन पत्राचार गरेको थियो । नेपालको प्रस्तावमा राष्ट्रसङ्घबाट विश्व संस्कृत दिवस घोषणा गराउन सके देशको इज्जत बढ्ने भएकाले पनि सरकारका तर्फबाट पहल हुनुपर्ने उहाँको भनाइ थियो ।

संस्कृत भाषामा सञ्चालन भएको कार्यक्रममा प्रमुख वक्ता सम्पूर्णानन्द संस्कृत विश्वविद्यालय भारतका प्रा डा हरिप्रसाद अधिकारीले संस्कृतको मूलस्रोत नेपाल भएको बताउनुहुँदै मौलिकताको पुनर्जागरणका लागि महाअभियानले थालेको काम प्रशंसनीय भएको बताउनुभयो । नेपाल संस्कृत विश्वविद्यालयका प्रा डा केशव प्रपन्नाचार्यले विभिन्न चाडपर्व तथा रीतिरिवाजका कारण नेपालको विशिष्ट पहिचान भएको उल्लेख गर्दै सो पहिचान संस्कृतबाट अनुप्राणित भएको बताउनुभयो । वाल्मीकि विद्यापीठका प्रा डा प्रियम्वदा काफ्लेले संस्कृत भाषाको उत्थानका क्षेत्रमा रहेको कमी कमजोरी औँल्याउनुभयो । 

गोष्ठी तथा सभा आवश्यक भए पनि संस्कृत भाषाको उत्थानमा भाषण बढी र काम कम भएको उहाँको भनाइ थियो । अमेरिकाबाट जुम प्रविधिका माध्यमबाट कार्यक्रममा जोडिनुभएका डा लक्ष्मीनारायण ढकालले भाषा भनेको प्रयोगले जीवन्त हुने बताउनुभयो । संस्कृत भाषाको नियमित प्रयोग गर्न सके यो व्यावहारिक भाषाका रुपमा अघि बढ्न सक्ने उहाँको भनाइ थियो ।

कार्यक्रममा विद्यापीठका उपप्राध्यापक केशवशरण अर्यालले महाअभियानले आत्मसात् गरेका विचारले समसामयिक राजनीतिमा दिशानिर्देश भएको बताउँदै कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो । त्रिभुवन विश्वविद्यालय संस्कृत विभागका उप प्रा रोहिणीराज तिमिल्सिनाले संस्कृत भाषामा अथाह ज्ञानको भण्डार भएको उल्लेख गर्नुहुँदै विश्वका लागि महत्वपूर्ण ज्ञानको संरक्षणका लागि संस्कृत भाषाको प्रवद्र्धन अनिवार्य भएको बताउनुभयो ।

कार्यक्रममा आकाशनीलम् गोविन्दले अङ्ग्रेजी भाषा जान्ने मात्र विद्वान हुने भन्ने मान्यता गलत हो भन्ने देखाउन पनि दिवसलाई विश्वव्यापीरूपमा लैजानुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा छात्रा कस्तुर्भा सुब्बाले संस्कृतमा मङ्गलाचरण तथा संस्कृत श्लोक वाचन गर्नुभएको थियो । प्रतिष्ठानको आयोजनामा विभिन्न जिल्ला तथा अन्तर्राष्ट्रियस्तरमा पनि विश्व संस्कृत दिवसको आयोजना गरिएको जनाइएको छ । प्रतिष्ठानले नेवारी, भोजपुरी, मैथिली भाषाका क्षेत्रमा काम शुरु गरिसकेको छ । अन्य भाषाका क्षेत्रका पनि काम शुरु गर्न लागिएको सो अवसरमा जानकारी दिइएको थियो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ सुनचाँदीको मूल्य बढ्यो पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन