३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वकै पहिलो कोभिड–१९ भ्याक्सिनले बुधबार स्विकृति पाउने

२३ श्रावण २०७७, शुक्रबार १५:१८

साउन २३, काठमाडौँ | मास्कोस्थित गामेलेइ सेन्टरले विकास गरेको कोरोना भाइरसले १२ अगस्टमा स्विकृति पाउने भएको छ । रुसी सहायक स्वास्थमन्त्री ओलेग ग्रिडनेभले यस्तो खुलासा गरेका हुन् । ग्रिडनेभका अनुसार स्वास्थकर्मी र वृद्धवृद्धालाई पहिलो चरणमा यो भ्याक्सिन लगाइनेछ । 

गत साता स्वास्थ मन्त्री मिखाइल मुरास्र्काले अक्टुबरदेखि देशव्यापी सामुहिक भ्याक्सिन कार्यक्रम सुरु गर्ने योजना बनाइएको बताएका थिए । मुरास्र्कोले यसका लागि सबै खर्च सरकारले व्यहार्ने पनि जानकारी गराएका थिए । 

‘गामेलेई सेन्टरमा विकास भएको भ्याक्सिनको दर्ता अगस्ट १२ मा हुनेछ,’ रुसी सञ्चारमाध्यम आरटीकाअनुसार शुक्रबार बिहान ग्रिडनेभले पत्रकारसँग भनेका थिए,‘अहिले अन्तिम चरण अर्थात् तेस्रो चरणको क्लिनिकल ट्रायल भइरहेको छ । यो परीक्षण हो र अति महत्वपूर्ण छ । हामीले यो बुझ्न जरुरी छ कि भ्याक्सिन आफैंमा सुरक्षित हुनैपर्छ ।’

१८ जुनमा मस्कोस्थित सेचेनोभ विश्वविद्यालयमा भ्याक्सिनको क्लिनिकल ट्रायल सुरु भएको थियो । ३८ स्वयंम्सेवक सहभागी भएको अध्ययनमा यसले सुरक्षा प्रोटोकल पूरा गरेको रुसको दाबी छ । रुसका अनुसार क्लिनिकल ट्रायलमा सहभागी सबैमा संक्रमणविरुद्ध इम्युनिटी विकास भएको थियो । 

रुसले तिव्र गतिमा भ्याक्सिन निर्माण गर्न सफल हुँदा पश्चिमा देशका केही व्यक्तिहरुको आँखीभैं ठाडो भएको पनि आरटीमा प्रकाशित समाचारमा उल्लेख छ । 

‘तर, सेचेनोभका शीर्ष वैज्ञानिक भादिम तारासोभले भनेका छन् कि रुसले पछिल्ला २० वर्ष भाइरसको अध्ययनबारे क्षमता विकासमा काम गरिरहेको छ र कसरी भाइरसहरु फैलन्छन् भन्नेबारे बुझ्ने गर्ने प्रयास गरिरहेको छ,’ समाचारमा उल्लेख छ । 

विश्वमा कोरोनाबाट सर्वाधिक प्रभावित शीर्ष ४ देशमध्ये रुस एक हो । यहाँ ८ लाख ७० हजारभन्दा धेरैमा संक्रमण देखिएको छ भने १४ हजार ७ सय २५ जनाको मृत्युभइसकेको छ । रुसभन्दा धेरै संक्रमण अमेरिका, ब्राजिल र भारतमा देखिएको छ । 

एडेनोभाइरस नामक कमन कोल्डमा आधारित रहेर रुसले भ्याक्सिन विकास गरेको हो । भ्याक्सिनको अध्ययनका लागि लगानी गरेको रुसको सोभर्जियन वेल्थ फन्डका प्रमुख किरिल डिमिट्रिइभले गत साता भ्याक्सिन निर्माणको प्रक्रियालाई अन्तरिक्ष यान बनाउने प्रतिस्पर्धासँग जोडेका थिए । 

‘अमेरिकीहरुले जब स्पुटनिक (सोभियत यूनियनले बनाएको विश्वको पहिलो अन्तरिक्ष यान) को आवाज सुने, त्यतिबेला उनीहरु आश्चर्यमा परे । अहिले भ्याक्सिनसँग यस्तै भएको छ । रुसले पहिले यो हासिल गर्नेछ,’ उनले युएस टिभीसँग भनेका थिए । 

स्रोत आरटी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट