२२ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जीवनभर स्वस्थ्य रहनका लागि यी ५ उपाय जानीराखौ

२५ श्रावण २०७७, आईतवार १६:२८

स्वस्थ रहनका लागि स्वस्थकर खाना खानु आवश्यक हुन्छ । त्यसैले बालापनदेखि नै राम्रो र स्वस्थकर खाना खाने सल्लाह दिइन्छ । पछिल्लो समय विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसको संक्रमणका कारण स्वस्थ्यकर खाना खानु कति जरुरी छ भन्ने कुरालाई झनै उजागर भएको छ । 

कोरोना भाइरसको अहिलेसम्म कुनै खोप पत्ता नलागेका कारण शरीरमा रोगप्रतिरोधात्मक क्षमता वृद्धि गर्नुपर्ने र कोरोनासँग लड्नुपर्ने स्वास्थ्य चिकित्सकहरुले सल्लाह दिएका छन् । तर, शरीरिक र मानसिक रुपमा नै स्वस्थ हुन कस्तो खाना खाने त ? 

पर्याप्त पानी - पानी शरीरको लागि अत्यावश्यक पदार्थ हो । पानीले शरीरका सम्पूर्ण अंगहरुलाई सफा राख्न (डिटोक्सिफिकेशन) गर्न मद्दत गर्छ । पर्याप्त मात्रामा पानी पिउँदा छालामा चमक बढ्ने, शरीरमा मेटाबोलिज्म तीव्र हुने, शरीरमा शक्ति कायम रहन मद्दत गर्छ । त्यसैले हरेक दिन ३ लिटर पानी पिउन आवश्यक छ । 

रंगीन फलफूल र सागसब्जी - फलफूल र सागसब्जीमा हुने अलग–अलग रङले अलग–अलग पोषक तत्व पाइने कुरा दर्शाउँछ । जुन फलफूलको रङ गाढा हुन्छ त्यसमा एन्टिअक्सिडेन्ट्स र पोषक तत्वको मात्रा पनि बढी हुन्छ । त्यसले हरेक दिन खानामा ३ प्रकारका फलफूल र सागसब्जी सामेल गर्नुपर्छ । यसले तपाईंको शरीरमा लाग्न सक्ने सयौँ रोगहरुबाट बचाउँछ । 

गहुँ, उमारेको गेडागुडी, बियाँ भएको खानेकुरा - खाना बनाउनको लागि जति धेरै मेशिन, ताप र पानीको प्रयोग हुन्छ त्यति नै खानामा भएको पोषक तत्व नष्ट हुन्छ । त्यसैले बजारमा पाइने सबै खानेकुरामा पोषक तत्व नष्ट भइसकेको हुनसक्छ । त्यसैले, स्वस्थ रहनको लागि घरमै भिजाएर उमारेको गेडागुडी, गहुँको परिकार, चोकर, बिज भएको खानेकुरा धेरै खानुपर्छ । किनकी यसमा फाइबरको मात्रा धेरै हुने भएकाले पेटलाई सधैँ स्वस्थ रहन, कोलेस्ट्रोल कम गराउन र शरीरमा अनावश्यक बोसो उत्पादन हुनबाट बचाउँछ । 

व्यायाम – शरीरमा तन्दुरुस्त राख्नको लागि नियमित व्यायामको आवश्यकता पर्छ । जीवनशैलीमा परिवर्तन ल्याउने र हरेक दिन शरीरलाई आवश्यक पर्ने कसरत गर्नुपर्छ । दैनिक परिश्रम गर्नुपर्ने कामकाज गर्ने व्यक्तिहरु बाहेक अरुका लागि हरेक दिन ३० देखि ४० मिनेट व्यायामको आवश्यकता पर्छ । 

चिनी कम खाने – चिनीमा मात्रै चिनी बढी हुन्छ भन्ने होइन । जुनसुकै गुलियो पदार्थमा पनि चिनीमो मात्रा हुने गर्छ । जुनसुकै बनाइएको खानामा चिनीको मात्रा अत्यधिक हुन्छ । प्याकिङमा हुने खानेकुराहरु चिनिको मात्रा बढी हुने भएकाले यसको सेवन गर्नु स्वास्थ्यका लागि हानिकारक हुन्छ । एजेन्सी 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै