१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘सदन सरकार बनाउन र गिराउन व्यस्त : बाढी डुबान र पहिरोले जनता बिचल्ली’

११ श्रावण २०७३, मंगलवार ०८:१२

साउन ११, काठमाडौँ । निरन्तरको अविरल वर्षाले देशभरका विभिन्न भूभाग डुबान र पहिराको उच्च जोखिम परेका हुँदा स्थानीय समुदायलाई उद्धार गर्न र बाढीपहिराले पु¥याएको जनधनको क्षति, उद्धार तथा राहतका बारेमा सदनलाई जानकारी गराउन सांसदहरुले सरकारसित माग गरेका छन् । 

व्यवस्थापिका–संसद्को आजको बैठकको विशेष समयमा उनिहरुले सदन सरकार गिराउन र बनाउन व्यस्त रहेको भन्दै बाढीपहिरो, डुबानपीडित जनतालाई सरकारले उद्धार गर्नु त परै जावोस् राहत पुर्याउन समेत ध्यान नदिएको गुनासो गरे । 

सभामुख ओनसरी घर्तीसित समय लिई सांसदले बाढीपीडित जनताले एक मुठी चामल, नुन, त्रिपाल देऊ भन्दा पनि सरकारको उपस्थिति नरहेकामा आपत्ति जनाइन । बाढी, डुबानपीडित जनतालाई राहत दिन सरकारलाई रुलिङ गर्न समेत उनिहरुले माग गरे । 

सांसद रामकृष्ण यादवले तराईका अधिकांश जिल्ला डुबानमा परेकाले डुुबान तथा बाढीपीडितलाई सरकारले राहत पु¥याउन नसकेको आरोप लगाए । सांसद वैजनाथ चौधरीले सिरहा र सप्तरीका सबै भूभाग डुबानमा परेको हुँदा सरकारले उद्धार तथा राहत पु¥याउन नसकेको बताए । 

सांसद शिवकुमार मण्डलले नवलपरासीको जिल्ला सदरमुकाम परासीमा बाढी पसेको हुँदा हजारौँ जनता बिचल्ली परेको जानकारी दिए । 

सांसद डा सुबोधकुमार पोखरेलले संविधान कार्यान्वयनमा प्रमुख दलका शीर्ष नेताको ध्यान जानुपर्छ भने। सांसद वृजेशकुमार गुप्ता र डिम्पलकुमारी झाले तराईका भूभाग बर्सेनि डुबानमा पर्छ भन्ने सरकारलाई जानकारी हुन्छ तर पूर्वतयारी केही हुँदैन भने । 

सांसद डिल्लीराज काफ्लेले सरकारले बाढीपहिरोपीडित जनतलाई राहत र उद्धारमा ध्यान दिनुपर्छ भने । सांसद भरतकुमार साहले रुपन्देही जिल्लामा तिनाउ नदीमा आएको बाढीका कारण धेरै गाउँ डुुबानमा परेको बताउँदै बिचल्लीमा परेका बाढीपीडितलाई राहत दिन माग गरे । 

सांसद गणेशकुमार पहाडीले सिन्धुली जिल्लामा हालैको वर्षात्ले पहिरो जाँदा एक जनाको मृत्यु भएको बताउँदै अन्नभण्डारको क्षेत्रका रुपमा रहेका महाभारत र चुरे क्षेत्रमा नदी नियन्त्रण गर्न सरकार र सदनको ध्यानाकर्षण गराए  । 

सांसद सकलदेव सुतियारले सप्तरी जिल्लाको गोबर गाँडागाउँ पूरै डुबानमा परेको हुँदा उद्धारमा सरकारको ध्यान जाओस् भने । 

सांसद क्रृषिकेश पोखरेल, नरसिंह चौधरी र अशोककुमार मण्डलले सरकारले बाढीपहिरो र डुुबानको समस्या समाधान गर्नका लागि पूर्वतयारीमा ध्यान दिन नसक्दा बर्सेनि यस्ता समस्या आउने गरेको बताए । 

सांसद हरिप्रसाद नेपालले कालीगण्डकीमा आएको बाढीले तल्लो तटीय क्षेत्रमा उच्च जोखिममा परेको तर्फ सरकारको ध्यानाकर्षण गराए । सांसद दिलशोभा पुन र सीताराम महतोले बाढीपहिरो र डुुबानपीडितलाई राहत पुर्याउन माग माग गरे । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार