साउन ११, झापा । शनिबारदेखि लगातार परेको वर्षाका कारण झापामा आजसम्म पाँच जनाको मृत्यु भएको छ भने एक घाइते र एक बेपत्ता भएका छन् । 

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृत्यु हुनेमा गरामनी–२ डाँडागाउँ नि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ११, झापा । शनिबारदेखि लगातार परेको वर्षाका कारण झापामा आजसम्म पाँच जनाको मृत्यु भएको छ भने एक घाइते र एक बेपत्ता भएका छन् । 

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृत्यु हुनेमा गरामनी–२ डाँडागाउँ नि"/>

१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

झापामा बाढीका कारण पाँचको मृत्यु

११ श्रावण २०७३, मंगलवार ०८:२८

साउन ११, झापा । शनिबारदेखि लगातार परेको वर्षाका कारण झापामा आजसम्म पाँच जनाको मृत्यु भएको छ भने एक घाइते र एक बेपत्ता भएका छन् । 

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृत्यु हुनेमा गरामनी–२ डाँडागाउँ निवासी ३४ वर्षीय लुखीराम सोरेन, तोपगाछी–८ क्याम्पा बजार निवासी विशाल भुजेलका दुई वर्षीय छोरा मनिष, धुलाबारी घर भई गौरादह बस्दै आएका अनुज न्यौपाने, गोलधाप–८ निवासी ६४ वर्षीय कालीबहादुर लिम्बू र गौरादह–५ निवासी ३५ वर्षीय टेकेन्द्र खड्का छन् । 

त्यस्तै गौरीगन्ज–५ का ११ वर्षीय दीपेश गिरी घाइते भएका छन् । घर नजिकैको खोला हेर्न गएका उनी खोला बढेर आएपछि भाग्ने क्रममा कल्भर्टबाट लडेर घाइते भएको प्रहरीले जनाएको छ । 

उता माईखोलामा आएको बाढीले बगाएर भारत घर भई हाल कुमरखोद–४ बस्दै आएका १८ वर्षीय कालु भनिने बाबुलाल मण्डीलाई बगाएर बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक हरिप्रसाद शर्माले जानाकारी दिए । 

लगातार आएको वर्षाका कारण जिल्लाका दुई हजार २८३ जनाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । झापामा अझै पनि ६६९ घर डुबानमा रहेको बताइएको छ । 

बाढीका कारण अधिकांश ठाउँ प्रभावित भएपछि जिल्ला विपद् व्यवस्थापन समितिले सबैलाई सचेत रहन आग्रह गरेको छ । 

प्रभावित भएका स्थानमा जोखिममा परेका जनसमुदायलाई तत्काल राहत उद्धारमा लाग्न सबै पक्षलाई आग्रह गरिएको प्रजिअ मदन भुजेलले बताए । आज मात्रै भुजेलको अध्यक्षतामा जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बसी सबैलाई सुरक्षित स्थानमा राख्न र प्रभावितलाई खाना, पानी र स्वास्थ्यसम्बन्धी हेरचाह गर्न कुनै कसर बाँकी नराख्ने निर्णय गरिएको छ । 

आज पनि झापामा बिहानैदेखि वर्षा भइरहेको छ । मेची, निन्दा, विरिङ, कनकाई, रतुवा लगायत नदीमा पानीको सतह उच्च रहेकाले सचेत रहन सबैलाई आग्रह गरिएको नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले बताए । मैनाचुलीमा रहेको कनकाई जल मापन केन्द्रका अनुसार झापामा पछिल्लो २४ घन्टाभित्र ५८.२ मिमी वर्षा भएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार