२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

खोलाले बगाउँदा बेपत्ता भएका पुरुष जीवित भेटिए

२६ श्रावण २०७७, सोमबार १५:२९

 साउन २६, कैलाली (रासस) । कैलालीमा खोलाले बगाउँदा बेपत्ता भएका पुरुष आज जीवित भेटिएका छन् । मोहन्याल गाउँपालिका–३ पिपलीखेतका ५४ वर्षीय दानबहादुर विष्ट आइतबार सोही ठाउँको गेदान खोला तर्ने क्रममा बेपत्ता भएको र खोजतलास गर्दै जाँदा बगेको ठाउँबाट करिब ५० मिटर पर चोटपटक लागेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मतबहादुर थापाले जानकारी दिनुपभयो ।

विष्टलाई अहिले उहाँका आफन्त र प्रहरीले उपचारका लागि घोडाघाडी अस्पताल ल्याइरहेको प्रहरी निरीक्षक थापाले बताउनुभयो । उहाँको अवस्था अहिले मध्यम रहेको बताइएको छ ।

तीन सय घरभित्र पानी पस्यो

गए रातिदेखिको अविरल वर्षाका कारण धनगढी उपमहानगरपालिकाका अधिकांश क्षेत्र डुबानमा पर्नुका साथै केही बस्तीका घरमा पानी पसेको छ । प्रहरी निरीक्षक थापाले धनगढी आसपासका झण्डै ३०० घरभित्र पानी पसेको जानकारी दिनुभयो । “धनगढीको क्याम्पस रोडका पाँच÷सात वटा र वसन्त टोलका चार/पाँच वटा कच्ची घरभित्र भने पानी पसेर खाद्यान्न लत्ताकपडा लगायतका सामग्री भिजेका छन् ।” 

प्रहरी निरीक्षक थापाले भन्नुभयो, “प्रहरीको टोली गएर उहाँहरुलाई सुरक्षित स्थानमा राख्ने काम भइसकेको छ ।” अविरल वर्षाका कारण धनगढीको शिवनगर, चटकपुर, विशालनगर, क्याप्पस रोड, वसन्त टोललगायत क्षेत्र बढी डुबानमा परेको बताइएको छ । अहिले भने अवस्था सामान्य भइसकेको जनाइएको छ । 

खोलानाला अतिक्रमणको चपेटामा परेपछि धनगढीमा डुबानको समस्या हरेक वर्ष बढ्दै गएको छ भने सडकको पानी निकासका लागि बनाइएका नाली काम नलाग्ने भएका छन् । नालीले सडकको पानी थेग्न सक्ने अवस्था नभएपछि यहाँका बस्तीहरु डुबानमा पर्ने गरेका छन् । यसअघि पनि झण्डै दुई साताअघि परेको अविरल वर्षाका कारण पनि यहाँका अधिकांश बस्तीहरु जलमग्न हुनुका साथै दर्जनाँै बढी घर तथा पसल डुबानमा परेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य