१५ मंसिर २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

न्यूयोर्कका नर्सिङ होममा भएका मृतकको संख्या लुकाइयो

२७ श्रावण २०७७, मंगलवार ०७:३६

बर्नार्ड कन्डोन, म्याट सेडेन्स्की र मेघन होयर । साउन २७, न्यूयोर्क। (रासस/एपी)। ब्रोंक्सस्थित रिभरडेल नर्सिङ होमका कागजातमा यसपटकको कोरोनाभाइरस महामारीको सबैभन्दा खराब अवस्थाबाट उम्कन सफल भएको देखिएको छ । राज्यको आधिकारिक विवरणमा १४६ शैयाको यस नर्सिङ होममा चार जनाको मात्र मृत्यु भएको उल्लेख छ ।

तर नर्सिङ होमका अनुसार सत्य निकै डरलाग्दो छः यहाँ २१ जनाको ज्यान गएको थियो । उनीहरूको मृत्यु हुनुअघि हतारमा अस्पतालमा सारिएको थियो । “यहाँ एक नियमित आकस्मिकता झैं थियो,” प्रशासक एमिल फुजायेभले भन्नुभयो । “एक पछि अर्को व्यक्तिको मृत्यु भएको थियो ।”

न्यूयोर्कका नर्सिङ होमहरुमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या वास्तवमै ठूलो छ । न्यूयोर्क राज्यमा अमेरिकामै सबैभन्दा बढी नागरिकको कोरोनाभाइरस संक्रमणबाट ज्यान गएको थियो । राम्रो सेवा सुविधा दिएको दाबी गर्ने नर्सिङ होमहरुले संकटका घडीमा राम्रो काम गर्न नसकेको आरोप लाग्न थालेको छ । 

उनीहरुले नर्सिङ होममा आश्रित व्यक्तिहरुको मृत्युको संख्या पनि न्यून देखाएका छन् । नर्सिङ होममा बिरामीको मृत्यु हुनैलाग्दा अस्पताल पु–याइएका ती व्यक्तिलाई नर्सिङ होमको रेकर्डमै राखिएको छैन । त्यस विवरणले नर्सिङ होममा मानिसको मृत्यु भएको देखाउँदैन । 

राज्यको आधिकारिक केयर होममा भएको मृत्युको संख्या हालसम्म केवल ६ हजार ६०० मात्र देखाइएको छ । तर डेमोक्र्याटिक पार्टीका तर्फबाट गभर्नर रहेका एन्ड्रु कुमो प्रशासनले यो संख्या बताउन इन्कार गरेको छ । अन्य राज्यभन्दा राम्रो काम गरिरहेको देखाउन पनि कुमो प्रशासनले वास्तविक विवरण लुकाउन खोजेको आरोप छ । 

यसै महिनाको शुरुमा नर्सिङ होमसम्बन्धी एक संसदीय सुनुवाईका क्रममा न्यूयोर्कका स्वास्थ्य आयुक्त होवार्ड जुकरलाई राज्यका सिनेटर गुस्ताभो रिभेराले व्यंग्यमिश्रित भनाई राख्नुभएको थियो, “यही त समस्या हो । यस मुद्दालाई तपाईं अलग रुपमा परिभाषित गर्न प्रयास गरिरहनु भएको छ ताकि तपाई अरु राज्यभन्दा अझ राम्रो देखिन सक्नु हुन्छ ।”

यसले कति धेरै फरक पार्न सक्छ ? मे महिनायता, संघीय नियामकहरूले नर्सिङ होमहरूलाई कोरोनाभाइरसबाट व्यक्तिको मृत्युका बारेमा विवरणहरु प्रत्येक हप्ता बुझाउन भनिरहेका छन् चाहे उनीहरुको मृत्यु नर्सिङ होममा होस् वा अस्पतालमा । 

किनभने न्यूयोर्कको प्रकोप उच्चतम विन्दुमा पुगे पनि विवरणहरु तुलनात्मक रूपमा सानो छ । संघीय विवरणका अनुसार, राज्यको नर्सिङ होमहरुमध्ये पाँचौं होमले जुनको शुरुदेखि मध्य जुलाईको बीचमा त्यहाँ आश्रित व्यक्तिको मृत्युको घटना टिपाएका थिए जसमा ३२३ व्यक्तिको मृत्यु भएको जनाइएको छ जबकी राज्यले गरेको गणनामा त्यस अवधिमा १९५ जनाको मात्र ज्यान गएको देखिएको छ । 

महामारीको सुरुदेखि नै आधा मात्रै गणना गर्दा पनि नर्सिङ होमहरुमा एक हजारभन्दा बढीको मृत्यु भएको अनुमान गर्न सकिन्छ, र यो संख्या हजारौं हुन सक्नेछ ।

संख्याको अर्को समूहले पनि गणनामा कमजोरी रहेको देखाएको छ । राज्यको स्वास्थ्य सेवा विभागले गरेको सर्वेक्षणले यस वर्ष नर्सिङ होमहरुमा २१ हजार शैया खाली रहेको देखाएको छ, जुन अनुमानभन्दा १३ हजार बढी हो । यसले नर्सिङ होममा मृत्यु हुनेको आधिकारिक संख्या झन्डै दोब्बर रहेको देखाउँछ । हो, महामारीका बीचमा नर्सिङ होममा आश्रय लिन खोज्नेको संख्यामा कमी आएको र मानिसहरूले आफ्ना प्रियजनलाई नर्सिङ होममा नपठाउन चाहेको केही संख्या पनि हुन सक्छ । तर ठूलै संख्यामा शैयाहरु खाली हुँदा शंका उत्पन्न गराएको छ । 

न्यूयोर्कको गणना त्रुटिपूर्ण रहे पनि गभर्नर कुमोले अन्य राज्यहरूको तुलनामा राम्रो गरिरहेको भन्न हिच्किचाउनु भएको छैन ।न्यूयोर्कका नर्सिङ होममा भएका मृत्युका बारेमा कुमोलाई प्रश्न गर्दा उहाँ हरेकचोटि त्यस्तो आलोचना राजनैतिक रूपमा अभिप्रेरित रहेको भन्दै टिप्पणी गर्ने गर्नुहुन्छ । उहाँ न्यूयोर्क राज्यका नर्सिङ होममा मृत्यु भएकाहरुको संख्या कूल संख्याको २० प्रतिशत रहेको दाबी गर्नु हुन्छ । 

उहाँको भनाईमा न्यूयोर्कका नर्सिङ होममा भएको मृत्युसंख्या दर अन्य राज्यभन्दा कम रहेको छ । पेन्सिल्भेनिया राज्यमा कूल मृतकमध्ये नर्सिङ होममा आश्रितको संख्या ६८ प्रतिशत, म्यासाचुसेट्समा ६४ प्रतिशत तथा न्यूजर्सीमा ४४ प्रतिशत रहेको विवरण सार्वजनिक भइसकेका छन् । 

कुमोले सोमबार एक प्रेस ब्रिफिङमा भन्नुभयो, “न्यूयोर्कसँग अरु राज्यको तुलना गरौं, तथ्य विवरण नै हेरौं । तपाईले देख्नु भएकै छ, न्यूयोर्कका नर्सिङ होममा मृत्यु भएका व्यक्तिको प्रतिशत कूल मृत्यु भएका व्यक्तिको सूचीमा सबैभन्दा तल्लो स्थानमा छ ।” 

गत महिनाको एक अर्को ब्रिफिङमा पनि कुमोले अमेरिकी राज्यहरुमध्ये न्यूयोर्क ३५औं स्थानमा रहेको दाबी गर्नु भएको थियो । “पहिले अरु ३४ वटा राज्यमा गएर कुरा राख्नुहोस् । रिपब्लिकन शासित राज्यहरु फ्लोरिडा, टेक्सास, एरिजोनामा सोध्नुहोस् । त्यहाँ नर्सिङ होमको अवस्था के छ सोध्नुहोस् । यो सबै राजनीति हो ।”

बोस्टन विश्वविद्यालयका वृद्धावस्थासम्बन्धी स्वास्थ्यविज्ञ टमस पर्ल्सले न्यूयोर्कमा नर्सिङ होममा २० प्रतिशतको हाराहारीमा वृद्धवृद्धाको मृत्यु भएको तथ्याँक विश्वसनीय नरहेको बताउनुभयो । 

एसोसिएटेड प्रेसले गरेको सर्वेक्षणले देशभर ६८ हजार २०० भन्दा बढीको मृत्यु नर्सिङ होम र यस्तै स्थानमा आश्रित व्यक्ति एवं नर्सिङ कर्मचारीको मृत्यु भएको देखाएको छ । अमेरिकामा पछिल्लो विवरण अनुसार कोरोना संक्रमितमध्ये १ लाख ६३ हजारको मृत्यु भइसकेको छ । 

केजर फेमिली फाउन्डेसनले तयार पारेको ४३ राज्यका नर्सिङ होमको विवरण अनुसार कूल मृतकमध्ये नर्सिङ होममा आश्रितहरुको संख्या ४४ प्रतिशत रहेको छ । यही अनुपातलाई आधार मान्दा पनि न्यूयोर्कमा ११ हजारभन्दा बढी व्यक्तिको नर्सिङ होममा मृत्यु भएको मान्न सकिन्छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यी हुन् रामेछाप जिप दुर्घटनाका मृतक र घाइते असईद्वारा आफैंमाथि गोली प्रहार: ४ वर्षअघि इन्सपेक्टरलाई पनि ताकेका थिए पेस्तोल जनकपुर बोल्ट्सले अनिल साहलाई सुम्पियो कप्तानी, अरु ७ टोलीमा मार्की खेलाडी नै कप्तान दुर्गा प्रसाईंले लरेन्स विश्वोईको नाममा व्यवसायी धम्क्याउन सहयोगी खटाउने गरेको खुलासा रामेछाप दुर्घटना: चारको मृतकको पहिचान खुल्यो (अपडेट) रामेछाप जिप दुर्घटना: थप एक जना मृतकको पहिचान खुल्यो ६ घण्टा बयान गराएर रविलाई हिरासत फर्काइयो, आइतबार पुनः बयान हुने लिलाबल्लभलाई मुद्दा नचलाउने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता रामेछाप दुर्घटना: गोकुलगंगा-४ का वडाध्यक्ष बस्नेतको मृत्यु (अपडेट) गौतमबुद्ध विमानस्थल दिगो सञ्चालन गर्न चेम्बरको माग एनपीएल उद्घाटन खेलको टिकटका लागि फोन नगर्नुहोला : पारस खड्का काठमाडौंबाट रामेछाप जाँदै गरेको गाडी दुर्घटना हुँदा ५ जनाको मृत्यु प्रधानमन्त्री ओलीको चीन भ्रमण तालिका सार्वजनिक आँधीबेहरी र शक्तिशाली हावाका कारण प्यालेस्टाइनीहरूको विजोग एनपीएल खेल्न स्कटल्यान्डका मक्मलेन नेपाल आइपुगे झापाका हरिचन्द्रले दिएका थिए विश्नोईको नाममा नेपाली व्यवसायीलाई धम्की पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने महिला पक्राउ विश्नोईको नाममा नेपाली व्यवसायीलाई धम्क्याएको आरोपमा एक जना पक्राउ पोर्नोग्राफी मामिलामा बलिउड अभिनेत्री शिल्पा शेट्टीको घरमा ईडीको छापा यू-१९ एसिया कप: नेपालविरुद्ध श्रीलंकाले २४ ओभरमा ३ विकेट गुमाएर जोड्यो १०२ रन