साउन ११, कावासोती । लगातारको वर्षाले नारायणी नदीमा आएको बाढीले खतराको सङ्केत गरेको छ । 

नारायणीमा रहेको जल मापन केन्द्रले आठ मि पानीको सतह देखाएको छ । यो जोखिमको अवस्था हो । पानीको सतह बिहानभन्दा पनि अहिले बढ्दै गएको छ । 

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ११, कावासोती । लगातारको वर्षाले नारायणी नदीमा आएको बाढीले खतराको सङ्केत गरेको छ । 

नारायणीमा रहेको जल मापन केन्द्रले आठ मि पानीको सतह देखाएको छ । यो जोखिमको अवस्था हो । पानीको सतह बिहानभन्दा पनि अहिले बढ्दै गएको छ । 

१९ माघ २०८२, आईतवार
काठमाडौँ - KTM

नवलपरासीको नारायणी नदीमा खतराको सङ्केत

११ श्रावण २०७३, मंगलवार ०८:५५

साउन ११, कावासोती । लगातारको वर्षाले नारायणी नदीमा आएको बाढीले खतराको सङ्केत गरेको छ । 

नारायणीमा रहेको जल मापन केन्द्रले आठ मि पानीको सतह देखाएको छ । यो जोखिमको अवस्था हो । पानीको सतह बिहानभन्दा पनि अहिले बढ्दै गएको छ । 

नारायणीमा पानीको सतह बढेपछि गैडाकोटदेखि त्रिवेणीसम्ममा तटीय क्षेत्रका बासिन्दामा खैलाबैला मच्चिएको छ । बाढीले त्रिवेणीभन्दा माथिल्लो क्षेत्र र तल्लो क्षेत्र पक्लिहवा र नर्सही बढी कटान र डुबान गर्न सक्ने भन्दै स्थानीय बासिन्दाले सुरक्षित गन्तव्य रोजेका छन् । 

“खतराको सङ्केत देखियो हामीले सबै हिसाबले सुरक्षित हुने उपाय अपनाएका छौ” प्रजिअ महादेव पन्थले भने, “बाढी मापन केन्द्रमा लगातार साइरन बजेकोछ हामी त्यसलाई नियालेका छौ, अब पानीको सतह ८ दशमलव ४ मिटर भए बाढीले ठूलो क्षति पु¥याउन सक्ने हुँदा क्षति रोक्ने उपाय अपनाएका छौँ । ” 

भारतसँग सीमा जोडिएका नवलपरासीका हरपुर, रामपुर खडौना, बडहरा, दुबौलिया, भुजहवा गाविससहित १३ गाविस जलमग्न बनेको छ । त्रिवेणीस्थित गण्डक ब्यारेजका सबै ढोका खोलिएको छ । त्रिवेणीस्थित गण्डक बाँधमा पानी तीन लाख ४८ हजार क्युसेक लिटर प्रतिसेकेन्ड बहाव रहेको र त्यो बढ्दो क्रममा भएको त्रिवेणीका सुरज कोहारले जानकारी दिए । 

नदीमा पानीको सतह घटेको छैन । ब्यारेजका ढोका नखोल्दा बगाउने र बङ्ग्याउने खतरा बढेपछि भारतले आफ्नो सुरक्षाका लागि सबै ढोका खोलेको छ । भारतले त्रिवेणीस्थित नारायणी नदीमा बाँध बनाएर उत्तर प्रदेश र बिहारमा सिँचाइका लागि लगेको गण्डक नहरमा पानी बन्द गरेको छ । नहरका ढोका खोलिएपछि गण्डक नहरको १३ नं स्परमा बढी क्षति पुगेको छ । 

नर्सही र बेलाटारी प्रहरीले सतर्क रहन स्थानीयवासीलाई माइक मार्फत सूचना प्रवाह गरेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार