२०८३, १५ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गोङ्गबु घटना : शव फालेको अभियोगमा पक्राउ महिला सार्वजनिक

२०७७, २७ श्रावण मंगलवार १०:५०

साउन २७, काठमाडौँ । स्थानीय गोङ्गबुस्थित एक होटलमा बस्दै आएका एक जनाको हत्या गरी टाउकोविनाको शव सुटकेसमा हालेर फालेको अभियोगमा महिलालाई आज प्रहरीले सार्वजनिक गरेको छ । रोल्पा रुन्टीगढी गाउँपालिका–७ का ४५ वर्षीय कृष्णबहादुर बोहराको हत्या गरेको अभियोगमा टोखा नगरपालिका–१० नवज्योति मार्ग बस्ने चितवन कालिका नगरपालिका–की ३७ वर्षीया कल्पना मुडभरी (पौडेल) र निजकी १५ वर्षीया छोरीलाई प्रहरीले आज सार्वजनिक गरेको हो ।


टोखा–१० गोङ्गबु नवज्योति मार्गमा आइतबार बिहान सुटकेसभित्र टाउकोविनाको शव र सुटकेस भेटिएको स्थानभन्दा केही पर  टाउको र खुट्टा पोको पारेर फालिएको अवस्थामा भेटिएको थियो । उक्त घटनाको अनुसन्धान गर्न महानगरीय प्रहरी परिसर काठमाडौंँ र महानगरीय अपराध महाशाखाबाट संयुक्त रुपमा खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय चितवनको समन्वयमा हत्यामा संलग्न मुडभरीलाई कालिका –९ शक्तिखोरस्थित माइतीघरबाट सोमबार पक्राउ गरेको थियो । 

घटनास्थलबाट धारिलो हतियार, हथौडा, पञ्जा, म्याट्रेसको टुक्रा, सल, सुटकेशको ह्याण्डल, डोरी, मृतकका कपडा, स्लिपिङ ट्याब्लेटको खोल र मोबाइल थान प्रहरीले बरामद गरेको छ । बोहरा आठ महिनादेखि होटलमा बस्दै आएको, बोहरा र अभियुक्तबीच करीब चार वर्षदेखि फेसबुकमार्फत चिनचान भई सम्पर्कमा रहेको, उनीहरुको बेलाबेलामा कल्पनाको कोठामा भेट हुने गरेको, बोहराले अभियुक्तको तस्वीर राखेर फेक फेसबुक आइडी खोली चलाउने गरेको, आफूअनुकूल चलाउनका लागि दवाव दिने गरेको, बोहरा घटनाको दिन होटेलबाट बा ७२ प ५६४४ नम्बरको स्कुटरमा कल्पनाको कोठामा गएको, कल्पनाले उनलाई दही, चिउरा, मासु र भोड्का खान दिएकामा दहीमा निद्राको पाँच औषधिसमेत मिसाइदिएको तथा ती  खानेकुरा खाएपछि बोहरालाई लठ्ठिएर सुतेका बेला हथौडाले प्रहार गरी सलले घाँटी कसेको र मरेको यकिन भएपछि धारिलो हतियारले टाउको र खुट्टा छिनाई सुटकेस र झोलामा राखेर अभियुक्तले फालेको प्रहरीले बताएको छ । 

शवका टुक्रा फालेर अभियुक्त चितवन जाने एम्बुलेन्समा आइतबारै बेलुका माइतीघर चितवन गएको प्रहरीले जनाएको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी शोभा पाठक र महेश बस्नेतकी श्रीमतीबीच माइतीघरमा झडप सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन: प्रदीप पौडेल