साउन ११, विराटनगर । लगातार एघारौँ दिन पनि वर्षा जारी रहेपछि मोरङमा विस्थापित परिवारको सङ्ख्यामा निरन्तर रुपमा वृद्धि भइरहेको छ । 

जिल्लाका सन्दह, अमरदह, आमगाछी, गोविन्दपुर,"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ११, विराटनगर । लगातार एघारौँ दिन पनि वर्षा जारी रहेपछि मोरङमा विस्थापित परिवारको सङ्ख्यामा निरन्तर रुपमा वृद्धि भइरहेको छ । 

जिल्लाका सन्दह, अमरदह, आमगाछी, गोविन्दपुर,"/>

2026-09-18 10:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मोरङमा एक हजारभन्दा बढी परिवार विस्थापित

साउन ११, विराटनगर । लगातार एघारौँ दिन पनि वर्षा जारी रहेपछि मोरङमा विस्थापित परिवारको सङ्ख्यामा निरन्तर रुपमा वृद्धि भइरहेको छ । 

जिल्लाका सन्दह, अमरदह, आमगाछी, गोविन्दपुर, डाइनिया, कटहरी, सोराभाग लगायत दर्जनौँ गाविसका साथै विराटनगरको बखरी बस्ती समेतका एक हजारभन्दा बढी घरपरिवार विस्थापित अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

विभिन्न नदीका पानी मानव बस्तीमा पसेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीका टोली उद्धारमा निरन्तर रुपमा जुटेका छन् । बाढीबाट विस्थापित परिवारलाई रेडक्रस मोरङले खाद्यान्न सामग्री वितरण गरिरहेको छ । एक हजार २०० परिवारलाई खाद्यान्न सामग्री वितरण गरिएको र थप ७०० परिवारलाई खाद्यान्न सामग्री वितरणको तयारी भइरहेको रेडक्रस मोरङका अधिकृत कमल कोइरालाले जानकारी  दिएका छन् । 

सबैभन्दा बढी क्षति बक्राहा खोलाले गरेको छ । पथरी–डाइनिया सडक मार्गको पूर्वपट्टिको भाग पूर्ण रुपले जलमग्न छ । गोविन्दपुर– ५ र डाइनिया– ५ मा पुग्न नसक्ने अवस्था छ । त्यहाँबाट प्रहरीको संयुक्त टोलीले कतिपय परिवारलाई उद्धार गरेको छ । सयौ मानिसले यतिखेर सडकमै आश्रय लिएका छन् । 

बाढीबाट प्रभावित क्षेत्रमा रोपिएका हजारौँ हेक्टरका धानबाली डुबान अवस्थामा रहेको छ । एक सातासम्म डुबान भइरहेमा धानबाली गल्ने सम्भावना रहेको जिल्ला कृषि विकास कार्यालयका प्रमुख राजेन्द्र उप्रेतीले जानकारी  दिए । 

मधुमल्लाका चार परिवार विस्थापित 

उर्लाबारी (मोरङ)– बक्राहा खोलाले कटान तीव्र पारेपछि मधुमल्ला–४ धप्पर टोलका चार परिवार आज बिहान विस्थापित भएका छन् । 

स्थानीयवासी शेरबहादुर मगर, सनबहादुर मगर, चेतबहादुर मगर र झगत मगरको घर खोलाले कटान गर्न थालेपछि उनीहरु पूर्ण रुपमा विस्थापित भएको स्थानीयवासी कमल मगरले जानकारी दिए । 

त्यस्तै सोही ठाउँका सुन्दर मगर, शिव मगर, दीपक मगर, शुक्र मगर, कालीबहादुर मगर, मनबहादुर मिश्र, गर्जमान मगर, कोपिला खड्का, रमिला राई, तारावीर खड्का र अशोक गोलेको घर पनि डुबानमा परेर कटानको जोखिममा रहेको छ । 

लगातारको वर्षाका कारण पीडितलाई सुरक्षित स्थानमा सारेर राहत उपलब्ध गराउन कठिनाइ भएको इलाका प्रहरी कार्यालय मधुमल्लाका प्रहरी नायब निरीक्षक यदुकुमार खड्काले जानकारी दिए । 

स्थानीयवासी आन्दोलित 

लगातारको वर्षाका कारण डुबानमा परेपछि विराटनगर– ४ र ५, कञ्चनबारीका बासिन्दा आन्दोलित भएका छन् । सडक अवरुद्ध गरेर आन्दोलनमा स्थानीय बासिन्दा उत्रिएपछि आज बिहान कोसी राजमार्गअन्तर्गत विराटनगर–इटहरी सडक खण्डमा दुई घन्टा सवारी आवागमन ठप्प भयो । लगातारका वर्षाका कारण विराटनगरका सबै वडा डुबानमा परेका छन् । 

भारी वर्षा भई पानीको निकास नभएपछि विराटनगर डुबानमा परेको भन्दै नाला निर्माणको माग गरेर स्थानीय बासिन्दा आन्दोलित बनेका हुन् । हातहातमा कुटो र कोदालो बोकेर स्थानीय बासिन्दा आन्दोलनमा उत्रिएपछि समस्या समाधानका लागि प्रजिअ तोयम रायको नेतृत्वमा सरकारी टोली कञ्चनबारी पुगेको थियो । 

विराटनगर उपमहानगरपालिकाले स्काभेटर प्रयोग गरेर जाम भएको पानीलाई निकास दिने काम सुरु गरेपछि स्थानीय बासिन्दाले आन्दोलन तत्कालका लागि फिर्ता लिएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई