2026-06-15

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आइसोलेशनलाई विद्यालयबाट स्थानान्तरण गरिने

साउन २८, वाग्मती । विद्यालयबाट आइसोलेशन तथा क्वारेन्टिन हटाउने वाग्मती प्रदेशको प्रदेश कोभिड सङ्कट व्यवस्थापन समितिको निर्णयपछि हेटौंडा अस्पतालद्वारा यहाँको एक विद्यालयमा सञ्चालित आइसोलेसन वार्डलाई स्थानान्तरण गरिने भएको छ । हेटौंडाको श्रमिक माध्यामिक विद्यालयमा सञ्चालित आइसोलेशन वार्डलाई गौरीटार रङ्गशाला ९केन्द्रीय खेलकूद प्रतिष्ठान० मा रहेको छात्रवासमा स्थानान्तरण गरिने भएको छ । एक पटकमा एक सय जनासम्म सङ्क्रमितहरुलाई राख्न सकिने क्षमता भएको छात्रवासमा आइसोलेशन वार्ड स्थापनाका लागि तयारी थालिएको छ । 

प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, सामाजिक विकासमन्त्री युवराज दुलाल, प्रमुख सचिव डा मानबहादुर विश्वकर्मा, हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महत, सामाजिक विकास मन्त्रालयका सचिव दीपक काफ्ले, प्रदेश प्रहरी कार्यलयका प्रमुख प्रहरी नायब महानिरीक्षक बसन्तकुमार लामालगायतको टोलीले आइसोलेसन वार्डको निरीक्षण तथा अनुगमन गरेको छ ।

सो क्रममा मुख्यमन्त्री डोरमणि पौडेलले कामलाई द्रूत र व्यवस्थित गर्न निर्देशन दिनुभयो । मुख्यमन्त्री पौडेलले आवश्यकताअनुसारका अस्थायी संरचनाहरु निर्माण गरेर भएपनि चाँढोभन्दा चाढो काम गर्नुपर्ने बेला आएको बताउनुभयो । उहाँले सरकार जसरी भएपनि महामारीको अवस्थालाई अन्त्य गर्न चाहने भन्दै सबै क्षेत्र र निकाय प्रतिवद्ध हुनुपर्ने धारणा राख्नुभयो । उहाँले प्रदेशका सबै जिल्लामा रहेका आइसोलेशन तथा क्वारेन्टिनहरुलाई विद्यालयहरुबाट सारिने बताउनुभयो  । सामाजिक विकास मन्त्री युवराज दुलालले आसोलेसनलाई व्यवस्थित बनाउन कुनै कसर बाँकी नराखिने बताउदै उपमहानगरपालिकालगायतले समेत साथ दिनुपर्ने धारणा राख्नुभयो । रासस   

  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक