2026-06-15

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हवाई सेवा सञ्चालनको वातावरण बनाउन आग्रह

साउन २८, काठमाडौँ । वायुसेवा सञ्चालक सङ्घले लामो समयको बन्दाबन्दीले गर्दा हवाई उद्योग अब धराशयी हुने अवस्थामा पुगेको भन्दै आगामी भदौ १६ गतेदेखि हवाई सेवा सञ्चालनको वातावरण बनाउन आग्रह गरेको छ । 

सङ्घले आज एक विज्ञप्ति जारी गरी लामो समय हवाई सेवा बन्द हुँदा त्यसले प्रत्यक्ष आश्रित हजारौँ श्रमिकको आयस्रोतसँगै परिवारको रोजीरोटी बन्द भएकाले सञ्चालनको वातावरण बनाउन सरकारलाई आग्रह गरेको हो ।

सरकारले कोभिड–१९ महामारीको  नियन्त्रण तथा रोकथामका लागि गत चैत ११ गतेदेखि आन्तरिक तथा बाह्य उडान बन्द गर्दै आएको छ ।

सरकारले यसअघि साउन ५ गते आगामी भदौ १ गतेदेखि हवाई सेवा सञ्चालन गर्ने निर्णय गरेको थियो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले हवाई उडान आगामी भदौ १६ गतेसम्म बन्द गर्ने निर्णय गरेको थियो । 

सरकारले पछिल्लो समय तोकेको १६ भदौको मितिमा पनि हवाई सेवा सञ्चालन नगरिए आन्दोलनमा जान बाध्य हुने सङ्घको भनाइ छ ।

विज्ञप्तिमा भनिएको छ, “आन्तरिक हवाई सेवा तत्काल सञ्चालनमा नल्याउने हो भने सेवा नै बन्द हुने भएकाले भदौ १६ देखि हवाई सेवा पुनः सञ्चालन नभएमा बाध्यतावश हामी आन्दोलिन हुने अवस्था सिर्जना हुनेछ ।” 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक