२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

धादिङमा अनिश्चितकालिन निशेधाज्ञा जारी (सूचना सहित)

२८ श्रावण २०७७, बुधबार १५:५५

साउन २८, धादिङ | धादिङ जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएको तथा समुदायमा संक्रमण फैलन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय धादिङले साउन २९ गतेदेखि अर्को आदेश नभएसम्मको लागि निशेधाज्ञा जारी गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले बुधबार जारी गरेको निषेधाज्ञा सूचना अनुसार कोभिड संक्रमणको बढ्दो स्थितिमा उपत्यकामा समेत संक्रमणको दर उच्च देखाएकोले मौवाखोला पुलदेखि पिपलामोडसम्मको राजमार्ग क्षेत्रमा मालवाहक गाडी र एम्बुलेन्सबाहेकका अन्य यातायातका सवारी संचालनमा रोक लगाइएको जनाएको छ । 


त्यस्तै अर्को निर्णयमा जिल्लाका नीजी क्षेत्रबाट संचालित होटल संचालक, जिल्ला प्रहरी कार्यालयका उच्च अधिकृत र रेडक्रसका कर्मचारीमा समेत कोरोना संक्रमण देखिएको र समुदायमा कोभिड १९ संक्रमण फैलन सक्ने उच्च सम्भावना रहेको भन्दै कालुपाण्डे राजमार्गको फुर्के खोला देखि धादिङबेसी दायाँ बायाँ र नीलकण्ठ नगरपालिकाको वडा नं. २, ३, ४, ७, ८, १२ र १४ का क्षेत्रहरुमा आज राति १२ बजे देखि लागुहुने गरि भाद्र ३ गते राति १२ बजेसम्म निशेधाज्ञा गरिएको जनाएको छ ।

जिल्ला प्रसासन कार्यालयले जारी गरेको सूचना अनुसार स्थानीय तहद्वारा संचालित एम्बुलेन्स २४ सै घण्टा तयारी अवस्थामा राख्ने, जिल्लाभीत्रका होटल, बैंक तथा वित्तीय संस्था र सम्पूर्ण शैक्षिक संस्था बन्द गर्ने निर्णय भएको छ ।

जिल्ला प्रशासन कार्यालयमा बुधबार भएको बैठकले गरेको निर्णय अनुसारको निषेधाज्ञा अवलम्वन गरे स्थानीय संक्रमण रोग ऐन २०२० दफा (३) र स्थानीय प्रशासन एन, २०२८ को दफा ६ बमोजिम अनुरुप निशेधाज्ञ जारी गरिएको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने