२०८३, १३ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रुसपछि चीनले बनायो कोरोनाको भ्याक्सिन, जनमुक्ति सेनामा प्रयोग अनुमति

२०७७, २९ श्रावण बिहीबार ०८:०८

साउन २९, काठमाडौं । रुसपछि चीनले पनि कोरोना भाइरसविरुद्धको भ्याक्सिन बनाएको छ। रुसले बनाएको भ्याक्सिन स्तुपनिक-५ लाई दर्ता गरेर प्रयोग अनुमति दिएलगत्तै चीनले पनि आफूले बनाएको भ्याक्सिन सेनामा प्रयोग अनुमति दिएको हो।  

चीनले क्यानसिनो बायोलजिक्सको भ्याक्सिनलाई निश्‍चित परिमाणमा मात्रै प्रयोग गर्न मञ्‍जुरी दिएको छ। चीनले यो भ्याक्सिन दर्तापछि चिनियाँ जनमुक्ति सेनामा प्रयोगका लागि उपलब्ध गराएको हो।  


रुसले केही दिनअघि गामालेया रिसर्च इन्स्टिच्युटको भ्याक्सिन सर्वसाधरणमा पनि प्रयोग अनुमति दिइसकेको छ। त्यसको पहिलो प्रयोगका रुपमा दुई डोज भ्याक्सिन राष्ट्रपति भ्लादिमिर पुटिनकी एक छोरीमा लगाइएको छ। जसबाट उनको शरीरको तापक्रम घटेको छ भने एन्टीबडीहरु पनि बन्‍न थालेका बताइएको छ।  रुस र चीनले बनाएका भ्याक्सिन अहिले तेस्रो चरणको परीक्षणबाट गुज्रिरहेका छन्। चीन र रुस दुवैले आफ्नो भ्याक्सिनले कोरोनाविरुद्ध प्रभावकारी काम गरेको दाबी गरिरहेका छन्।  न चीनलाई विश्‍वका अन्य कसैको प्रवाह छ न त रुसलाई नै अरुको आलोचनाले छोएको छ। 

दुवै देश विश्‍व स्वास्थ्य संगठन (डब्ल्युएचओ) या अन्य अन्तर्राष्ट्रिय आलोचनाको कुनै प्रवाह नगरी आफ्नो भ्याक्सिन दर्ता गरेर प्रयोग अनुमति दिइसकेका छन् ।  चीनले क्यानसिनो बायोलोजिक्सले तयार पारेको भ्याक्सिनलाई सीमित परिमाणमा प्रयोगको अनुमति दिएको छ। अब यो भ्याक्सिन चिनियाँ जनमुक्ति सेनाका लागि उपलब्ध गराइएको छ।  अर्कातिर रुसले एक कदम अघि बढेर गामालेया रिसर्च इन्स्टिच्युटको भ्याक्सिन सबैका लागि प्रयोग अनुमति दिएको छ। दुवै भ्याक्सिन अहिले तेस्रो चरणको परीक्षणबाट अघि बढिरहेका छन्। तेस्रो चरणको परीक्षण जारी रहेकाले यी भ्याक्सिनलाई विश्‍वसमुदायले स्वीकार्ने अवस्थामा पुग्न अझै समय लाग्‍नेछ। अर्कातिर कोरोना संक्रमणको बढ्दो दरसँगै विश्‍वकै तेस्रो धेरै संक्रमितहरुको देश बनेको भारतले पनि कोरोना भ्याक्सिन बनाएको दाबी गरेको छ। तर यो भ्याक्सिन प्रयोगका लागि अझै यो वर्षको अन्त्यसम्म कुर्नुपर्ने भएको छ।  

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले ११ अगस्टमा गामालेया इन्स्टिच्युटले रक्षा मन्त्रालयसँग मिलेर बनाएको कोरोना भ्याक्सिन बनाएको थियो। जसलाई अब दर्ता पनि गरिएको छ। रुसले यस भ्याक्सिनलई जनतामा प्रयोगको अनुमति दिएर विश्‍वकै पहिलो भ्याक्सिनका रुपमा पेश गरेको छ। रुसले कोरोनाविरुद्धको विश्‍वकै पहिलो भ्याक्सिनको सेप्टेम्बरबाट उत्पादन थाल्ने बताएको छ। यो भ्याक्सिन यही वर्ष अक्टोबरदेखि आममानिसमा लगाउन थालिने छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ