९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

८६ प्रतिशत घरमा पुग्यो राष्ट्रिय प्रसारणको बिजुली

३० श्रावण २०७७, शुक्रबार १३:२९

रमेश लम्साल | साउन ३०, काठमाडौँ | सरकारको सार्थक पहलका कारण ८६ प्रतिशतभन्दा बढी घरपरिवारमा विद्युत् सेवा पुगेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको नेतृत्व र नेपाल विद्युत् प्राधिकरणको अहोरात्रको प्रयासपछि ८६.४४ प्रतिशत घरमा विद्युत् सेवा पुगेको हो । ती घरमा राष्ट्रिय प्रसारण प्रणालीको विद्युत् पुगेको हो । 

ऊर्जामन्त्री वर्षमान पुनले पद सम्हालेलगत्तै सार्वजनकि गर्नुभएको श्वेतपत्र तथा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको सार्थक पहलपछि नागरिकले सहजरुपमा विद्युत् सेवा पाएका हुन् । आगामी दुई वर्षभित्र सबै घरमा विद्युत् सेवा पुर्याउने लक्ष्यका साथ हाल काम भइरहेको छ । 

प्राधिकरणको तथ्याङ्कअनुसार राष्ट्रिय ग्रिडमार्फत सबैभन्दा बढी प्रदेश नं २ का घरमा विद्युत्को पहुँच पुगेको छ भने सबैभन्दा कम कर्णाली प्रदेशमा छ । प्रदेश नं २ मा राष्ट्रिय प्रसारण प्रणालीमार्फत ९९.०५ घरमा विद्युत् पुगेको प्राधिकरणको विवरणमा समावेश छ । प्राधिकरणले कर्णाली प्रदेशमा ३४.७४ प्रतिशतमा मात्रै विद्युत् सेवा पुर्याएको छ । आगामी दुई वर्षभित्र कर्णालीका धेरै जसो स्थानमा विद्युत् पुर्याउने लक्ष्य राखिएको छ । 

सरकारले वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रमार्फत राष्ट्रिय ग्रिड पुग्न नसकेमा ठाउँमा सौर्य, लघुजलविद्युत् लगायतका माध्यमबाट पनि विद्युतीकरण गर्दै आएको छ । सो समेत जोड्दा झण्डै ९० प्रतिशत जनसङ्ख्यामा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको तथ्याङ्कअनुसार अहिले ९० प्रतिशतभन्दा बढी जनसङ्ख्यामा विद्युत्को पहुँच पुगेको छ । 

आव ०७२/७३ मा ६२.१६ प्रतिशत घरपरिवारमा मात्रै विद्युतीकरण भएको थियो । सोही आवमा प्राधिकरणको कार्यकारी निर्देशकमा घिसिङ नियुक्त हुनुभएको थियो । पछिल्ला चार वर्षको अवधिमा २३.२८ बढी विद्युत्को पहुँचमा वृद्धि भई हाल ८६.४४ प्रतिशत पुगेको छ । 

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले भन्नुभयो, “आगामी साढे दुई वर्षभित्र हरेक नेपालीको घरमा विद्युत्को पहुँच  पुर्याउने लक्ष्यका साथ विद्युतीकरण अगाडि बढाएका छाँै, यसका लागि बजेटको जोहो भइसकेको छ ।”

एसियाली पूर्वाधार लगानी बैंकले कम विद्युतीकरण भएका कर्णाली र सुदूरपश्चिम प्रदेशका लागि सहुलियतपूर्ण ऋण प्रवाह गर्ने भएको छ । सरकारले विसं २०७९ भित्रमा प्रत्येक घरधुरीमा विद्युत् सेवा पुर्याउने र चार वर्षभित्रमा प्रतिव्यक्ति विद्युत् खपतलाई ७०० युनिट पुर्याउने लक्ष्य तय गरेको छ । हाल प्रतिव्यक्ति ऊर्जा खपत २६० युनिट पुगेको छ ।  

कर्णाली प्रदेशमा राष्ट्रिय प्रसारण प्रणालीबाट ३०.५७ र अफ ग्रिडबाट ४.१७ प्रतिशत विद्युतीकरण गरिएको छ । कर्णाली प्रदेशका १० जिल्लामध्ये हुम्ला, जुम्ला, डोल्पा, कालीकोट र मुगुमा अहिलेसम्म राष्ट्रिय प्रसारण ग्रिड पुग्न सकेको छैन । 

प्राधिकरणले ती जिल्लामा लघु जलविद्युत् आयोजनामार्फत विद्युत् आपूर्ति गरिरहेको छ । भौगोलिक कठिनाइ तथा विकटताले गर्दा कर्णाली प्रदेशमा विद्युतीकरण चुनौतीपूर्ण रहेको कार्यकारी निर्देशक घिसिङले बताउनुभयो । 

प्रदेश नं २ का आठ जिल्लामध्ये सिराहा, धनुषा, महोत्तरी, बारा र पर्सामा ९९ प्रतिशतभन्दा बढी विद्युतीकरण भएको छ । प्रदेश नं २ पछि वाग्मती प्रदेशमा सबैभन्दा बढी विद्युतीकरण भएको छ । सो प्रदेशमा ९४.४४ प्रतिशत विद्युतीकरण भएको हो । यस प्रदेशका काठमाडौँ, भक्तपुर र नुवाकोटमा पूर्ण विद्युतीकरण भएको छ । सिन्धुलीमा सबैभन्दा कम ६९.५१ प्रतिशत मात्रै विद्युतीकरण भएको छ । 

गण्डकी प्रदेशमा ९२.७९ प्रतिशत विद्युतीकरण भएको छ । यस प्रदेशका ११ जिल्लामध्ये स्याङ्जा र पर्वतमा पूर्ण विद्युतीकरण भएको छ । मनाङमा सबैभन्दा कम ६४ प्रतिशत मात्रै विद्युतीकरण भएको छ । लमजुङ, तनहुँ, कास्की, म्याग्दी र बाग्लुङमा ९० प्रतिशतभन्दा बढी विद्युतीकरण भएको छ । 

प्रदेश नं ५ मा ९१ प्रतिशत विद्युतीकरण भएको छ । प्रदेश नं ५ का १२ जिल्लामध्ये नवलपरासी, कपिलवस्तु र बर्दियामा ९९ प्रतिशतभन्दा बढी विद्युतीकरण भएको छ । गुल्मी, अर्घाखाँची र रुपन्देहीमा ९५ प्रतिशभन्दा बढी र रुकुम पूर्वमा सबैभन्दा कम ११.२५ प्रतिशत मात्रै विद्युतीकरण भएको छ । 

प्रदेश नं १ मा ८२.४३ प्रतिशत विद्युतीकरण भएको छ । प्रदेश नं १ मा पर्ने १४ जिल्लामध्ये सबैभन्दा बढी धनकुटामा ९७ र सबैभन्दा कम सोलुखुम्बुमा १३.५५ प्रतिशत विद्युतीकरण भएको छ । झापा, मोरङ र सुनसरीमा ९० प्रतिशतभन्दा बढी विद्युतीकरण भएको छ । 

सुदूरपश्चिम प्रदेशमा ६४.६९ प्रतिशत विद्युतीकरण भएको छ । यस प्रदेशमा पर्ने नौ जिल्लामध्ये सबैभन्दा बढी कञ्चनपुरमा ९२.७९ र कम बझाङमा १०.२१ प्रतिशत मात्रै विद्युतीकरण भएको छ । 

गत आव ०७६/७७ सम्ममा प्राधिकरणका विद्युत् ग्राहक सङ्ख्या करीब ४२ लाख पुगेको छ । यो विगत चार वर्ष अगाडिको तुलनामा करीब ४२ प्रतिशतले बढी भएको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले बताउनुभयो । सामुदायिक र बुटवल पावर कम्पनीको समेत गर्दा विद्युत्का कूल ग्राहक सङ्ख्या ४८ लाख पुगेको छ । 

ग्रिड पुर्याउन सम्भव नहुने स्थानमा ब्याट्री स्टोरेज प्रणालीसहितको माइक्रो–हाइड्रो, सोलार तथा वायु ऊर्जाको उपयोग गर्ने सरकारको योजना छ । हरेक नेपालीको पहुँचमा विद्युत् पुर्याउने सरकारको लक्ष्य पूरा गर्न र उपभोक्तालाई पर्याप्त, नियमित, भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्ति गर्न हरसम्भव प्रयास गरिएको कार्यकारी निर्देशक घिसिङले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो