२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

सुदूरपश्चिम प्रदेशसभाद्वारा स्वास्थ्यसम्बन्धी विधेयक पारित

३० श्रावण २०७७, शुक्रबार १४:०१

साउन ३०, सुदुरपश्चिम | सुदूरपश्चिम प्रदेशसभाको आजको बैठकमा ‘प्रदेश जनस्वास्थ्य सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६’ पारित गरिएको छ । 

प्रदेशसभा भवन धनगढीमा बसेको बैठकमा सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले उक्त विधयक पारित गरियोस् भनी प्रस्ताव पेश गर्नुभएको थियो । सामाजिक विकास समितिमा दफावार छलफल भई तयार परिएको प्रतिवेदनसहितको उक्त विधेयकमाथि आजको बैठकमा छलफल भएको थियो । 

छलफलमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रदेशसभा सदस्य महेशदत्त जोशी, नेपाली काँग्रेसका गोविन्दराज बोहरा र जनता समाजवादी पार्टीका मालामतीकुमारी रानाथारूले भाग लिनुभएको थियो ।

विधेयक पारित भएसँगै नेपालको संविधानमा व्यवस्था भएको नागरिकको स्वास्थ्यसम्बन्धी हकलाई कार्यान्वयन गर्न र स्वास्थ्य सेवालाई सर्भसुलभ तथा प्रभावकारी बनाउन प्रदेशस्तरमा बाटो खुलेको छ ।

बैठकको प्रारम्भमा काँग्रेसका देवराज पाठकले कञ्चनपुरको कृष्णपुर नगरपालिकाको क्वारेन्टिनमा भएको लापरबाहीका कारण करेन्ट लागेर ज्यान गुमाएकी राधादेखि ओडका साथै प्राकृतिक प्रकोप र बस दुर्घटनमा परी मृत्यु भएकाप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै मोटरसाइकल दुर्घटनामा परी घाइते हुनुभएकी प्रदेशसभा सदस्य अम्बिकुमारी थापाको उपचार खर्चको व्यवस्था गर्न ध्यानाकर्षण गराउनुभयो । 

बैठकमा सभामुख अर्जुनबहादुर थापाले प्रदेशसभा सदस्य भरतबहादुर खड्कालाई अर्थ विकास तथा प्राकृति स्रोत समिति, गोविन्दराज बोहरालाई सार्वजनिक लेखा समिति, कर्णबहादुर मल्ललाई सामाजिक विकास समिति र डिल्लीराज पन्तलाई सार्वजनिक लेखा समितिको सदस्यमा रही कामकाज गर्ने गरी जिम्मेवारी तोकिएको जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ