२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

सुदूरपश्चिम प्रदेशसभाद्वारा स्वास्थ्यसम्बन्धी विधेयक पारित

२०७७, ३० श्रावण शुक्रबार १४:०१

साउन ३०, सुदुरपश्चिम | सुदूरपश्चिम प्रदेशसभाको आजको बैठकमा ‘प्रदेश जनस्वास्थ्य सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६’ पारित गरिएको छ । 

प्रदेशसभा भवन धनगढीमा बसेको बैठकमा सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले उक्त विधयक पारित गरियोस् भनी प्रस्ताव पेश गर्नुभएको थियो । सामाजिक विकास समितिमा दफावार छलफल भई तयार परिएको प्रतिवेदनसहितको उक्त विधेयकमाथि आजको बैठकमा छलफल भएको थियो । 

छलफलमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रदेशसभा सदस्य महेशदत्त जोशी, नेपाली काँग्रेसका गोविन्दराज बोहरा र जनता समाजवादी पार्टीका मालामतीकुमारी रानाथारूले भाग लिनुभएको थियो ।

विधेयक पारित भएसँगै नेपालको संविधानमा व्यवस्था भएको नागरिकको स्वास्थ्यसम्बन्धी हकलाई कार्यान्वयन गर्न र स्वास्थ्य सेवालाई सर्भसुलभ तथा प्रभावकारी बनाउन प्रदेशस्तरमा बाटो खुलेको छ ।

बैठकको प्रारम्भमा काँग्रेसका देवराज पाठकले कञ्चनपुरको कृष्णपुर नगरपालिकाको क्वारेन्टिनमा भएको लापरबाहीका कारण करेन्ट लागेर ज्यान गुमाएकी राधादेखि ओडका साथै प्राकृतिक प्रकोप र बस दुर्घटनमा परी मृत्यु भएकाप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै मोटरसाइकल दुर्घटनामा परी घाइते हुनुभएकी प्रदेशसभा सदस्य अम्बिकुमारी थापाको उपचार खर्चको व्यवस्था गर्न ध्यानाकर्षण गराउनुभयो । 

बैठकमा सभामुख अर्जुनबहादुर थापाले प्रदेशसभा सदस्य भरतबहादुर खड्कालाई अर्थ विकास तथा प्राकृति स्रोत समिति, गोविन्दराज बोहरालाई सार्वजनिक लेखा समिति, कर्णबहादुर मल्ललाई सामाजिक विकास समिति र डिल्लीराज पन्तलाई सार्वजनिक लेखा समितिको सदस्यमा रही कामकाज गर्ने गरी जिम्मेवारी तोकिएको जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा