मेष राशि-

सकारात्मक पक्ष: आज लाभको सम्भावना निकै बलियो छ । आम्दानीको कुनै नयाँ स्रोत मिल्ने आशा गर्न सकिन्छ ।

नकारात्मक पक्ष: रोमान्टिक मनोभावमा अचानक बदलाव आउनसक्छ जसले तपाईलाई खिन्न बनाउन सक्छ ।

वृष राशि-

सकारात्मक पक्ष: आज तपाईले आफ्नो कामलाई कुनैपनि हालतमा पुरा गर्न सक्नुहुनेछ । काम बन्नाले तपाइँको दु:ख हरण हुनेछ ।

नकारात्मक पक्ष: आज निर्णय लिनमा तपाइँलाई अफ्ट्यारो पर्न सक्छ ।

मिथुन राशि-

सकारात्मक पक्ष: आज कामलाई लिएर केहि चिन्ता हुने सम्भावना छ । आज परिवारमा सुख र शान्तिको वातावरण बन्नेछ ।

नकारात्मक पक्ष: आज कोशिश गर्नुहोस कि तपाइ भीत्रको अहंकारयुक्त भावना बाहिर आउन नपाओस् । अन्यथा तपाइँ आलोचनाको पात्र बन्न सक्ने सम्भावना छ ।

कर्कट राशि-

सकारात्मक पक्ष: आज कोशिस गर्नु भयो भने तपाई नकारात्मक परिस्थितिको वावजुत पनि आफ्नो काम पूर्ण गर्न सक्नुहुन्छ ।

नकारात्मक पक्ष: कसैसँग बिनाकारण बहष नगर्नुहोस अन्यथा समस्यामा पर्न सक्नुहुनेछ ।

सिंह राशि -

सकारात्मक पक्ष: आजको दिन कार्य-व्यवसायको लागि राम्रो रहनेछ । व्यापारमा बदलाव वा जागिरमा पदोन्नतिको सम्भावना छ ।

नकारात्मक पक्ष: आज आम्दानी घट्नसक्ने सम्भावना छ, तर ऋणको मामलामा सावधान हुनुपर्नेछ ।

कन्या राशि -

सकारात्मक पक्ष: आज तपाईलाई अनुभवी र वरिष्ठ मानिसहरुको सहयोग मिल्नेछ, जसको कारण तपाइँलाई काममा लाभ मिल्नेछ ।

नकारात्मक पक्ष: आज तपाइको काम त बन्नेछ, तर केहि बेफाइदा पनि हुनसक्छ । जसको समाधानको लागि घरमा कपुर जलाउनुहोस ।

तुला राशि -

सकारात्मक पक्ष: आज केहि व्यावसायिक र अनुभवी व्यक्तिहरुसँग मिल्नाले तपाइको कार्यशैलीमा सुधार हुनेछ ।

नकारात्मक पक्ष: आज जीवनसाथीसँग जुनैपनि अप्रिय बोलि प्रयोग नगर्नुहोस ।

वृश्चिक राशी -

सकारात्मक पक्ष: आज तपाइको आम्दानीमा निरन्तरता हुनेछ । आम्दानीको कुनै नयाँ स्रोत मिल्ने सम्भावना छ ।

नकारात्मक पक्ष: आज कुनैपनि प्रकारको लापरवाही नगर्नुहोस ।

धनु राशि –

सकारात्मक पक्ष: आज कुनैपनि व्यापार वा व्यवसाय शुरू गर्नाले अनावश्यक खर्च बढ्नेछ । कतैबाट अचानक ठूलो लाभ पनि मिल्नसक्ने सम्भावना छ ।

नकारात्मक पक्ष: कुनै पनि प्रकारको लापरवाही आजको दिनमा उचित हुँदैन ।

मकर राशि -

सकारात्मक पक्ष: आज पुरानो प्रिय नाता वा परिचित व्यक्तिसँग भेट्न पाइने योग छ । आज आर्थिक कुरा अनुकूल छ ।

नकारात्मक पक्ष: आज प्रेम प्रसंग वा निजी जीवनमा घट्ने सानो विवादलाई बढावा दिने कुनैपनि काम नगर्नुहोस ।

कुम्भ राशि -

सकारात्मक पक्ष: आज तपाइले कुनै सम्पत्ति किन्न सक्नुहुनेछ वा कतै पूंजी ऋण लिन सक्नुहुनेछ । मेहनत अनुसारको उत्तम परिणाम प्राप्त हुनेछ ।

नकारात्मक पक्ष: आज कुनै पनि प्रकारको अप्रिय बचन नबोल्नुहोस ।

मीन राशि-

सकारात्मक पक्ष: आज तपाइको आम्दानीको स्रोत बढ्नेछ । व्यापार-व्यवसायमा मध्यमबाट राम्रो लाभ मिल्ने योग छ । जसको कारण तपाइँले धन आर्जन गर्नसक्नुहुनेछ ।

नकारात्मक पक्ष: खान-पानमा संयमता अपनाउनुहोस । सबै ठीक रहनेछ ।