२०८३, १५ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अबदेखि सार्वजनिक सवारी साधनको भाडा कार्डबाटै !

२०७७, ३२ श्रावण आईतवार ०२:३६

साउन ३२, काठमाडौँ । अबदेखि सार्वजनिक सवारी साधनमा यात्रा गर्दा खल्तीमा पैसा होइन, कार्ड बोक्नुपर्ने भएको छ । विद्युतीय भुक्तानीको प्रयोग बढ्न थालेपछि सार्वजनिक यातायातहरू कार्डबाट भाडा लिने व्यवस्था गर्न लागेका छन् ।

कोरोना विषाणुका कारण पनि यो नयाँ पद्धति प्रभावकारी हुने देखिएको छ । पैसाबाट पनि कोरोना विषाणु सर्नसक्ने सम्भावनाले नगदमा भाडा सङ्कलन गर्दा हुनसक्ने सम्पर्क न्यून गर्न कार्डबाट भुक्तानी प्रणाली उपयोगी हुने देखिएको छ । साझा यातायातले यसअघि नै कार्डबाट भाडा लिन सुरु गरिसकेको छ ।

त्यस्तै एनएमबी बैङ्कले किपु बस सेवासँग सहकार्य गरी विद्युतीय भुक्तानीको प्रबन्ध मिलाउने सम्झौता गरिसकेको छ । आइतबारदेखि सुन्दर यातायातले विद्युतीय भुक्तानी प्रणाली (डिजिटल पेमेन्ट सिस्टम) सुरु गर्ने र त्यसका लागि मेसिन जडान गर्ने भएको छ । योसँगै पेमेन्ट कार्ड लिएर गाडीमा रहेको मेसिनमा पठाएपछि कार्डमा रहेको पैसाबाट गाडी भाडा तिरिन्छ ।

सुन्दर यातायात प्रालिले ई–सेवा र चाइनाको बीएके कम्पनीको सहकार्यमा विद्युतीय भुक्तानी मेसिन जडान गर्न लागेको जनाएको छ । सुन्दर यातायातको २५ वटा गाडीमा आइतबार मेसिन जडान गरिने प्रालिका अध्यक्ष भेषबहादुर थापाले जानकारी दिए । उनका अनुसार अन्य मेसिन ल्याउने क्रममा छन् ।

आइतबार दुई सयप्रति कार्ड यात्रुलाई बिक्री गरिने छ । यात्रुले २२० रुपियाँको कार्ड खरिद गरेपछि २७० रुपियाँ बराबरको यात्रा गर्न सुविधा दिइएको छ । कार्ड प्रयोगमा यात्रुको सुविधालाई ध्यानमा राखेको र कार्ड प्रयोग गरेपछि यात्रु ठगिने सम्भावना नरहने, ठेलमठेल नहुने हुँदा कोरोना सङ्क्रमणको अहिलेको अवस्थामा कार्ड एकदमै उपयोगी रहेको दाबी उनले गरे ।

यात्रुले खरिद गरेको कार्ड एक वर्ष अवधिको हुनेछ । बीचमा पैसा सकियो भने त्यसैमा थप्न वा रिचार्ज गर्ने सुविधा छ । कार्डमा भएको पैसा खर्च भएन र फिर्ता लिन चाहे तोकेको स्थानमा गएर फिर्ता लिन वा अन्य सामान खरिद गर्न सक्ने व्यवस्था गरिएको छ । यो प्रणाली नेपालमा पहिलोपटक लागू हुन लागेको उनले बताए । यो समाचार आजको गोरखापत्र दैनिकमा लक्ष्मण दर्नालले लेखेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी शोभा पाठक र महेश बस्नेतकी श्रीमतीबीच माइतीघरमा झडप सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन: प्रदीप पौडेल सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता मन्त्रिपरिषद् बैठक बस्दै मोटरसाइकलको ठक्करबाट बाबु छोराको मृत्यु