२०८३, ६ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुखका नाममा कारण देखाऊ आदेश

२०७७, ३२ श्रावण आईतवार ०५:२०

साउन ३२, डोटी | उच्च अदालत दिपायल राजपुरले सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख तथा प्रहरी नायब महानिरीक्षक उत्तमराज सुवेदीसहित प्रहरी उपरीक्षक दिलीपसिंह देउवा र सम्बन्धित कार्यालयका नाममा कारण देखाऊ आदेश जारी गरेको छ । उच्च अदालत दिपायल राजपुरका न्यायाधीश शेषराज सिवाकोटीको एकल इजलासले नायब महानिरीक्षक सुवेदीसहित तत्कालीन जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक देउवा, सङ्घीय प्रहरी एकाइ कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय अछामका नाममा कारण देखाऊ आदेश जारी गरेको हो । 

आफूमाथि षड्यन्त्र गरेर झुटा मुचुल्का र प्रतिवेदन बनाएर जागिरबाट निकालेको भन्दै अछाममा कार्यरत तत्कालीन प्रहरी जवान दीपेन्द्र भट्टले उच्च अदालत दिपायल राजपुरमा पुनःवहालीका लागि रिट निवेदन दायर गरेपछि सोही रिटमाथि सुनवाइ गर्दै अदालतले यस्तो आदेश जारी गरेको उच्च अदालत दिपायल राजपुरका रजिष्ट्रार रणबहादुर कटवालले बताउनुभयो । उहाँले भन्नुभयो, “झुटा मुचुल्का र प्रतिवेदन बनाएर जागिरबाट निकालेको र पुनःवहालीका लागि प्रहरी जवान दीपेन्द्र भट्टले रिट दायर गरेका कारण उक्त रिटको सुनुवाइ गर्दै कारण देखाऊ आदेश जारी भएको छ, कारणबारे जानकारी आउँछ होला ।”

उता सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका निमित्त प्रदेश प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले उच्च अदालतमा रिट निवेदन दर्ता गर्ने प्रहरी जवान भट्टले प्रहरी नियमावली तथा आचरणविपरीत काम गरेकाले जागिरबाट बर्खास्त गरिएको जिकिर गर्नुभएको छ । उहाँले भन्नुभयो, “भट्टजीले प्रहरी आचरण र नियमावलीविपरीत काम गरेकाले जागिरबाट हटाइएको हो, उहाँलाई हामीले चित्त नबुझे ३५ दिनभित्र अदालत जान पत्र दिएका थियौँ, अदालत जानु भएछ, हामी अदालतमा कुन कारणले उहाँलाई जागिरबाट हटाइएको हो सबै पेश गछौँं ।” जिल्ला प्रहरी कार्यालय अछामबाट घर बिदा गएका प्रहरी जवान भट्टलाई घर बिदाबाट फर्किएपछि प्रहरी प्रमुखले हाजिर हुन नदिएर ६० दिन गैरहाजिर रहेको भनी सेवाबाट हटाएको आरोप लागेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ