२०८३, १३ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतमा गएको २४ घन्टामा करिब नौ लाखको कोरोना परीक्षण

२०७७, २ भाद्र मंगलवार ११:०३

भदौ २, नयाँ दिल्ली।(रासस/एएनआई)। भारतीय स्वास्थ्य मन्त्रालयले गएको २४ घन्टामा भारतभर गरेर करिब नौ लाख जनामा कोरोना भााइरसको परीक्षण गरिएको बताएको छ ।मन्त्रालयले भनेको छ– हामीले भारतभरमा गरेर गएको २४ घन्टामा कम्तीमा पनि ८ लाख ९७ हजार जनामा कोरोना भाइरसको परीक्षण गरिएको छ, जुन अहिलेसम्कै सबैभन्दा बढी हो ।

सो संख्या पहिलेको तुलनामा बढाइएको पनि बताइएको छ । आफ्नो ट्वीट अकाउन्टमार्फत मन्त्रालयले  सो जानकारी गराएको बताइएको  । यसअघि हप्ताभरिको तुलना गर्दा बढीमा ८ लाख ८१ ह्जार जना औषतमा दैनिक रुपमा परीक्षण गर्ने गरिएको पनि मन्त्रालयले जानकारी गराएको छ ।

यसरी बढीभन्दा बढी संख्यामा गरिएका परीक्षणहरुले यहाँका नागरिकहरुमा कोरोना भाइरससम्बन्धी पोजेटिभ केसहरु समयमै भेटिने र जसका कारण उनीहरुलाई समयमै आइसोलेसनमा बसाल्न सकिने मन्त्रालयको दाबी छ ।

यसरी गरिएको परीक्षणबाट कोरोना भाइरसका संक्रमितहरु समयमै पत्ता लाग्ने भएकोले देशमा कारोना भाइरसको रोकथाम र नियन्त्रणमा सघाउ पुग्ने मन्त्रालयले बताएको छ । भारतको केन्द्रीय सरकारले बढीभन्दा बढीको परीक्षण, समयमै संक्रमित पहिचान गरेर आइसोलेसनमा राख्ने र आवश्यक औषधीय प्रक्रियालाई समयमै सुरु गर्ने गरी रणनीति बनाएको मन्त्रालयको दाबी छ ।  

केन्द्र सरकारको यो रणनीतिले गर्दा नै भारतमा सङ्क्रमितहरुको संख्या र मृत्यु हुनेहरुको संख्या घटाउने काममा प्रगति पनि भएको सो मन्त्रालयले जनाएको समाचारमा उल्लेख गरिएको छ ।रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ