भदौ ३, काठमाडौं । आज सुनको भाउमा घटबढ भएको छैन । सुनको भाउ तोलाको एक लाख ४ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो भाउ हिजोकै बारबार हो ।
अस्ति तोलाको ९८ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ हिजो तोलामा दुई हजार दुई सय रुपैयाँ बढेको थियो । सुनको भाउ स्थिर भए पनि चाँदीको भाउ भने आज तोलामा ५ रुपैयाँ घटेको छ । चाँदी आज तोलाको १ हजार ३ सय ७५ रुपैयाँमा झरेको छ ।