२०८३, १४ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नुवाकोटमा निषेधाज्ञा एक साता थपियो

२०७७, ३ भाद्र बुधबार ०८:०५

भदौ ३, त्रिशूली (रासस) । कोभिड–१९ को सङ्क्रमण रोक्न नुवाकोटमा जारी रहेको निषेधाज्ञा एक साता थप गरिएको छ । जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको मङ्गलबार बसेको बैठकले निर्णय गरेअनुसार गएराति १२ बजेदेखि लागू हुने गरी एक साताका लागि निषेधाज्ञा लगाइएको केन्द्रका संयोजक एवं प्रमुख जिल्ला अधिकारी झङ्कनाथ ढकालले बताउनुभयोे ।

गत साउन २५ गतेदेखि १० दिन लगाइएको निषेधाज्ञालाई निरन्तरता दिने गरेर रोगको सङ्क्रमण थप फैलन नदिन पुनः एक साताका लागि बढाइएको छ । स्थानीय प्रशासन ऐन र सङ्क्रामक रोग ऐनअनुसार जारी गरिएको निषेधाज्ञा जिल्लाको विदुर र बेलकोटगढी नगरपालिकासहित लिखु, सूर्यगढी, दुप्चेश्वर, पञ्चकन्या र शिवपुरी गाउँपालिकाको सबै स्थानमा तोकिएको छ ।

यसैगरी तादी गाउँपालिकाको वडा नं २, ३, ४ र ५, तारकेश्वर गाउँपालिकाको वडा नं २, ४, ५ र ६ र ककनी गाउँपालिकाको पासाङ ल्हामु राजमार्ग आसपासमा पर्ने वडा नं १, २, ४ र ६ का सम्पूर्ण क्षेत्रमा निषेधाज्ञा कायम हुने निर्णय गरिएको हो । 

निषेधाज्ञा जारी भएका क्षेत्रमा औषधि उपचार, खाद्यवस्तु खरिद, आफ्नै खेतबारीमा कृषिजन्य काम गर्नलगायत अति आवश्यक कामका लागिबाहेक कुनै पनि व्यक्ति घर बाहिर निस्कन नपाउने, एम्बुलेन्स, बिरामी बोकेका गाडी, खाद्यवस्तु, तरकारी, दूध, खानेपानी, पेट्रोलियम पदार्थ बोक्ने गाडी, शव वाहन, फोहर व्यवस्थापन गर्ने गाडी, पशुपक्षीका दाना बोक्ने गाडी, सञ्चारकर्मी, स्वास्थ्यकर्मी र सुरक्षा निकायले प्रयोग गर्ने साधन तथा अनुमति प्राप्त सवारी साधनबाहेक अन्यलाई चल्न नपाउने व्यवस्था गरिएको छ । 

अत्यावश्यक उपभोग्य वस्तु बिक्री गर्ने खाद्यान्न पसल, पेट्रोल पम्प, ग्यास डिपो, औषधि पसलबाहेकका अन्य पसल, उद्योग, व्यवसाय सञ्चालन गर्न नपाउने भनिएको छ । खाद्यान्न पसलसमेत बिहान ६ बजेदेखि १० बजेसम्म दैनिक चार घण्टा मात्र खोल्न दिने निर्णय बैठकले गरिएको छ ।

निषेधाज्ञा तोकिएको क्षेत्रमा स्वास्थ्य संस्था र अत्यावश्यक सेवा प्रवाहका कार्यालय खुल्न पाउने छन् भने बैंक, वित्तीय संस्था, सहकारी संस्थासहित सरकारी, निजी तथा गैरसरकारी क्षेत्रका कार्यालयको सेवा बन्द गर्न भनिएको छ । 

धार्मिक, सांस्कृतिक, सामाजिकलगायतका कुनै प्रकारका जमघट तथा भेला हुने क्रियाकलापमा पनि रोक लगाइएको छ । जिल्ला भित्रिने सबै नाकाबाट अतिआवश्यक सेवाका सवारीसाधन, एम्बुलेन्स र जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएका सवारीसाधनबाहेक अन्य सवारी साधन र पैदल यात्रुलाई समेत आवतजावतमा रोक लगाइएको छ । 

नुवाकोटका प्रजिअ ढकालका अनुसार कोरोना रोगको सङ्क्रमणबाट नुवाकोटमा हालसम्म ७२ जना सङ्क्रमित देखिएका छन् । सङ्क्रमितमध्ये ३१ जना समुदायस्तरमा देखिएको र उनीहरुको स्रोत समुदायबाटै फैलिएको पुष्टि भएसँगै थप सङ्क्रमण फैलन नदिन निषेधाज्ञा बढाइएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी शोभा पाठक र महेश बस्नेतकी श्रीमतीबीच माइतीघरमा झडप सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन: प्रदीप पौडेल सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता मन्त्रिपरिषद् बैठक बस्दै मोटरसाइकलको ठक्करबाट बाबु छोराको मृत्यु काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै कक्षा १२ को परीक्षा आजदेखि सुरु सुनचाँदीको मुल्य बढ्यो