२०८३, १५ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सेनाको नियन्त्रणमा परेपछि मालीका राष्ट्रपतिद्वारा राजीनामा

२०७७, ३ भाद्र बुधबार ०८:५९

भदौ ३, बामाको, माली, (रासस/एएनआई) – मालीका राष्ट्रपति इब्राहिम बौबाकर केयटाले आफ्नो पदबाट राजीनामाको घोषणा गर्नुभएको छ । 

सेनाको नियन्त्रणमा राखिएको भनिएको केही घण्टापछि बुधबार बिहान उहाँले राजीनामा दिनु भएको सामाचार सार्वजनिक भएको हो ।

उहाँले मुलुकमा रक्तपात हुन नदिनका लागि आफूले राजीनामा दिएको बताउनु भएको अल जजिराद्वारा प्रेषित समाचारमा उल्लेख छ ।

“आज सेनाले हस्तक्षेपको आवश्यकता रहेको निर्णय गरेछ, त्यसपछि मैले आफू शक्तिमा रहनका लागि रक्तपातपूर्ण अवस्था रोज्ने कि शक्तिमा नभए पनि शान्ति रोज्ने भन्ने विकल्प आयो, मैले शान्तिपूर्ण बाटो रोजेको छु,” उहाँले भन्नुभएको छ । 

उहाँको वक्तव्यलाई उद्धृत गर्दै राष्ट्रिय टेलिभिजनले केयटाले पद त्यागको घोषणा गर्दै सरकार र संसद् पनि भङ्ग गरेको समाचार प्रसारण गरेको छ ।  

यसअघि संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिओ गुटेर्रेसले राष्ट्रपति इब्राहिमलाई तत्काल सैन्य नियन्त्रणबाट मुक्त गर्न माग गर्नुभएको थियो । विनासर्त तत्कालै उहाँलाई रिहा गर्न महासचिव गुटेर्रेसको दबाब थियो । 

उहाँले राष्ट्रपति सँगसगै सैन्य नियन्त्रणमा पर्नु भएका मालीका प्रधानमन्त्री बौबौ किसलाई पनि उहाँले विनासर्त मुक्त गर्न माग गर्नुभएको छ । 

अन्य क्षेत्रीय तथा अन्तर्राष्ट्रिय संगठन र केही देशहरुले पनि मालीमा भएको सैन्य विद्रोहप्रति चिन्ता व्यक्त गर्दै संवैधानिक व्यवस्थाको पुनर्बहालीका लागि आग्रह गरेका छन् ।

मालीको सेनाले मंगलबार अबेर विद्रोह गरेर उनीहरुलाई नियन्त्रणमा लिएको हो भने राजधानीलगायतका मुख्य मुख्य ठाउँहरुमा सुरक्षा व्यवस्था कडा बनाएको छ ।  

सैन्य अधिकारीहरुले राष्ट्रपति, प्रधानमन्त्रीसँगै केही मन्त्री र उच्च सरकारी अधिकारीहरुलाई पनि नियन्त्रणमा लिएको जनाइएको छ ।

लामो समयदेखि सरकारले सेनाका गुनासाहरुलाई सम्बोधन नगरेका कारण सैन्य विद्रोहको अवस्था सिर्जना भएको बताइएको छ । पश्चिम अफ्रिकी देश मालिमा पछिल्लो केही समयदेखि सरकारप्रति चरम असन्तुष्टि व्यक्त गर्दै ठूला ठूला प्रदर्शन निरन्तर भइरहेका थिए । 

धार्मिक अगुवा महमुद डिक्कोको नेतृत्वमा भएका ठूला प्रदर्शनहरूमा राष्ट्रपतिको राजीनामा माग गरिएको थियो । प्रदर्शनकारीहरुले राष्ट्रपति केयटाका कारण देशमा भ्रष्टाचार, अर्थतन्त्रको खराब व्यवस्थापन, सुरक्षा अवस्था र बढ्दो जातीय हिंसा बढीरहेको आरोप पनि लगाएका छन् । 

केयटा दोस्रो कार्यकालका लागि सन् २०१८ मा चुनावबाट मालीको राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी शोभा पाठक र महेश बस्नेतकी श्रीमतीबीच माइतीघरमा झडप सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन: प्रदीप पौडेल सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता मन्त्रिपरिषद् बैठक बस्दै मोटरसाइकलको ठक्करबाट बाबु छोराको मृत्यु काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै कक्षा १२ को परीक्षा आजदेखि सुरु सुनचाँदीको मुल्य बढ्यो