2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘युवाले दीर्घरोगी र ज्येष्ठ नागरिकसँग दूरी राख्नुपर्छ’

भदौ ४, काठमाडौँ | मनमाहेन कार्डियोलोजी अस्पतालका मुटु शल्यचिकित्सक डा अनिल भट्टराईले घरका युवाले सकेसम्म दीर्घरोगी र ज्येष्ठ नागरिकसँग दूरी राख्नुपर्ने बताउनुभएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा उहाँले घरमा कोही  दीर्घरोगी भएमा सकेसम्म उहाँहरुलाई छुट्टै कोठाको व्यवस्था गर्न सल्लाह दिनुभयो । 

घर बाहिर निस्कने युवाले नियमित औषधी खाइरहेका दीर्घरोगीसँग सकेसम्म नजिक नजान र घुलमिल हुन नहुने उहाँको भनाइ छ । अहिले नेपालमा सङ्क्रमण युवाबाट सरिरहेकाले उनीहरुले बालबालिका र बृद्धासँग टाढा बस्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “सम्भव भएसम्म छुट्टै बाथरुम र छुटै कोठाको व्यवस्था गर्नुपर्छ ।”

विभिन्न किसीमका मुटुरोगीलाई आफूले खाइरहेको औषधीलाई निरन्तरता दिन पनि डा भट्टराईले अनुरोध गर्नुभयो । अहिलेको समयमा चिकित्सकसम्म जान सजिलो नभएकाले खाइरहेकै औषधीलाई निरन्तरता दिनुपर्ने उहाँको सल्लाह छ । उहाँले भन्नुभयो, “सकेसम्म दुईतीन महिनालाई औषधी व्यवस्था गर्नु राम्रो हुन्छ ।”

अस्पतालले शल्यक्रिया गर्नुपर्ने बिरामीको पिसिआर परीक्षण गर्ने गरेको डा भट्टराईले बताउनुभयो । उहाँका अनुसार कुनै बिरामीको आकस्मिक रुपमा शल्यक्रिया गर्नुपर्दा मात्रै परीक्षण नगरी हुने गर्छ । आफूले  केही समय पहिले नसा पूरै काटिएको व्यक्तिको परीक्षण नै नगरी शल्यक्रिया गरेको उहाँले अनुभव सुनाउनुभयो । “त्यो व्यक्तिको शल्यक्रिया सफल भएको थियो र कोरोना सङ्क्रमण पनि पाइएन”,  उहाँले भन्नुभयो, “शल्यक्रियामा सहभागिले पूरै पिपिई लगाइन्छ भने बिरामीको पनि त्यसपछि परीक्षण गरिन्छ ।”

उहाँले कोभिडबिरुद्धको माहामारी सबैको भएकाले सबै मिलेर यसलाई जित्न लाग्नुपर्नेमा जोड दिनुभयो । यसको उपचारमा खटिएका आमनागरिकले चिकित्शक, नर्स र स्वास्थ्यकर्मीलाई सहानुभुति राख्नुपर्ने उहाँले बताउनुभयो । धेरै स्वास्थ्यकर्मीले जोखिम मोलेर पनि उपचार गरिरहकेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “कतिपय डाक्टर नर्सको घर भनेरै तर्सिएको पनि पाइन्छ ।”

सबै नागरिकले स्वास्थ्य सावधानीका उपाय अपनाउनुपर्नेमा डा. भट्टराईको जोड छ । भीडभाडमा सकेसम्म नजान र जानुपर्दा माक्स र सेनेटाइजरको प्रयोग गर्न उहाँले सबैलाई अनुरोध गर्नुभयो । लामो समयसम्म कार्यालयमा बस्ने र भीडमा जानुपर्नै पेशामा व्यक्तिले घर छिर्दा लुगा बाहिर खोल्ने र हातखुटा धोएर मात्रै भित्र पस्नुपर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “आवश्यक सबै सुरक्षाका उपाय अपनाउन सके मात्रै यसबाट अरुलाई रोग सार्नबाट बचाउन सकिन्छ ।” उहाँले घरमा बसिरहेकाले स्वस्थ खानपानमा ध्यान दिनुपर्ने बताउनुभयो । नुन र चिनिको मात्रा कम गरेर हरियो तरकारी र सागसब्जीको मात्राम बढाउनुपर्नै उहाँको सल्लाह छ । 

रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक