अनिल अधिकारी | भदौ ७, काठमाडौँ | क्यारेवियन प्रिमियर लिग (सीपीएल)अन्तर्गत नेपाली खेलाडी सन्दीप लामिछानेले अहिले जारी खेलमा आफ्नो पुरा ४ ओभरको खेलमा सानदार प्रदर्शन गरेका छन् ।
गुयाना अमेजन वारियर्सविरुद्धको खेलमा सन्दिप आवद्ध जमैका तलावाजले पहिले फिल्डीङ रोजेको थियो । आफ्नो तेस्रो खेलमा सन्दिपले मात्र ८ रन दिएर महत्वपूर्ण दुई विकेट लिन सफल भए । उनले आफ्नो खेलमा क्रमश पहिलो ओभरमा २ रन, दोश्रो ओभरमा १ विकेट लिएर १ रन, तेश्रो ओभरमा ३ रन र अन्तिम ओभरमा १ विकेट लिएर २ रन दिएका थिए । उनले खेलमा १८ डटबल खेले ।
अहिले जारी खेलमा सन्दीपको टोली जमैका तलावाजले गुयाना अमेजन वारियर्सविरुद्ध पुरा २० ओभरको खेलमा ११९ रनको लक्ष दिएको छ । सुरुवाती खेलमा सानदार पर्दर्शन गरेको गुयाना अमेजन वारियर्सले ६ ओभरको खेलपछि आफ्नो लय गुमाउन पुगेको थियो । उसले खेलको १९.१ ओभरको खेलमा सबै विकेट गुमाई ११८ रन मात्र जोड्न सक्यो ।
सन्दीपले सीपीएलमा यस अघि खेलेका दुई खेलमा दुई विकेट लिएका थिए । उनले भदौ ३ गते सेन्ट लुसियाविरुद्धको पहिलो खेलमा ४ ओभरमा २३ रन खर्चेर एक विकेट लिए भने भदौ ५ गते ट्रिनबागो नाइट राइडर्सविरुद्ध भएको दोस्रो खेलमा सन्दीपले ४ ओभरको खेलमा ३० रन दिँदै एक विकेट लिएका थिए ।
सन्दीपको टोली जमैकाले सेन्ट लुसियासितको खेल ५ विकेटले जितेको थियो भने ट्रिनबागोसँगको खेल ७ विकेटले पराजित भएको थियो ।
गुयानाले पहिलो खेलमा ट्रीनबागो नाइट राइडर्ससँग ४ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा गुयानाले सेन्ट किट्स एण्ड नेभिस पेट्रीयट्र्सलाई ३ विकेटले हराएको थियो ।
सन्दिपले यसअघि सन् २०१८ मा पहिलो पटक सेन्ट किट्स एन्ड नेभिस पेट्रीयट्सबाट तथा दोस्रो पटक सन् २०१९ मा बार्बाडोस ट्राइडेन्ट्सबाट खेलेका थिए । यस वर्षको सीपीएलका लागि जमैकाले २० वर्षीय सन्दीपलाई ९० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको हो ।