इनरुवा, १२ साउन । सरकारी निकाय मौन रहेको बेला भोकभोकै बसिरहेका सुनसरीका बाढीपीडितलाई नेकपा (माओवादी केन्द्र), घुस्कीले मंगलबार १३० परिवारलाई राहत सामग्री वितरण गरेको छ । 

केन्द्रले सीमावर्ती क्षेत्र घुस्की–२ का ५५ घर दलित परिवार र घ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... इनरुवा, १२ साउन । सरकारी निकाय मौन रहेको बेला भोकभोकै बसिरहेका सुनसरीका बाढीपीडितलाई नेकपा (माओवादी केन्द्र), घुस्कीले मंगलबार १३० परिवारलाई राहत सामग्री वितरण गरेको छ । 

केन्द्रले सीमावर्ती क्षेत्र घुस्की–२ का ५५ घर दलित परिवार र घ"/>

२३ चैत्र २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

बाढीपीडितलाई माओवादी केन्द्रको राहत

११ श्रावण २०७३, मंगलवार २०:२८

साउन १२, इनरुवा । सरकारी निकाय मौन रहेको बेला भोकभोकै बसिरहेका सुनसरीका बाढीपीडितलाई नेकपा (माओवादी केन्द्र), घुस्कीले मंगलबार १३० परिवारलाई राहत सामग्री वितरण गरेको छ । 

केन्द्रले सीमावर्ती क्षेत्र घुस्की–२ का ५५ घर दलित परिवार र घुस्की–४ का ८० घर मुस्लिम परिवारलाई राहतस्वरुप चिउरा, भुजा, प्याज र नुन वितरण गरेको जनाएको छ । केन्द्रका घुस्की अध्यक्ष दिल महमदको अगुवाइमा बाढीपीडितलाई राहत वितरण गरिएको बताइएको छ । 

पीडितलाई पार्टीले प्रतिपरिवार दुई केजी भुजा, तीन केजी च्युरा, एक केजी नुन र केही प्याज वितरण गरेको जनाएको छ । यता बाढीका कारण बबिया–६ र ७ का ७० परिवार विस्थापनको अवस्थामा पुगेको गाविस सचिव नेत्र न्यौपानेले जानकारी दिनुभयो । 

सचिव न्यौपानेका अनुसार सुनसरी खोलामा आएको बाढीले बबिया–१, ६, ७ र ८ नम्बर वडाका मुस्लिम, खत्वे, मेहता र मुसहर समुदाय बढी प्रभावित भएका छन् । पीडितलाई राहतका लागि पहल गरिदिन उनीहरुले जिल्ला तहका सरकारी कार्यालय तथा दैवी प्रकोप उद्धार समितिलाई समेत आग्रह गरेका छन् । 

नरसिंह–७ र वसन्तपुर–७ जोड्ने सडक सुनसरी खोलाको बाढीले बगाएको छ । सो बाटो बगाएपछि सीमावर्ती बजार बसमतियाको सम्पर्कसमेत टुटेको छ । विद्यालय र स्थानीय प्रहरी चौकीमा समेत तीन फिटसम्म पानी जमेको स्थानीयवासी रामेश्वर मेहताले जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज चैत्र शुक्ल अष्टमी: चैते दसैँ तीनकुने घटनाको छानबिन जारी छ: आयोग मध्यरातमा रास्वपाको बैठकले गर्यो बिभिन्न चार निर्णय रवि लामिछानेलाई पक्राउ गर्न गएका डिएसपीले अन्तिम इच्छा भनेपछि… रास्वपाको चितवनमा हुने ‘जनयात्रा उद्घाटन’ नरोकिने, नेताहरु चितवन जाँदै तनहुँको भानुमा बस दुर्घटना ट्रकको ठक्करबाट एक बालिकाको मृत्यु अफर ल्याउँदा अनियन्त्रित भिड जम्मा भएपछि अल्टिमाको साइनबोर्ड प्रहरीले हटायो प्रधानमन्त्री ओलीले भेटे बैँककमा भारतीय प्रधानमन्त्री मोदीलाई आइतबार सार्वजनिक बिदा म्याद नाघेका अश्रुग्यास प्रहार नभएको आईजीपी थापाको दावी तीनकुने घटनामा सरकारको पूर्वतयारी के थियो ? माओवादी सांसद पाण्डेको प्रश्न जनमोर्चाका अध्यक्ष चित्रबहादुरले गणतन्त्र र लोकतन्त्र सुरक्षित छैन, सबै चनाखो हुनुपर्ने बताए कुलमानले म हतोत्साहित र उत्तेजित भएको छैन भने नवलपुरका किशोरीहरुले मुख्यमन्त्रीलाई बुझाए ध्यानाकर्षण पत्र आज काठमाडौँमा वायु प्रदूषण घट्यो सुनचाँदीको मूल्य एकैदिन धेरै अन्तरले घट्यो अमेरिकामा छोराले गोली हानेर मारे आफ्नै आमा आज सागसब्जी र फलफूलको मूल्य कति छ ? सरकार निजी क्षेत्रलाई सहज हुने गरी कानुन निर्माणमा लागेको छ: मन्त्री खड्का