2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेशबाट हालसम्म कुन देशबाट कति नेपाली स्वदेश फर्किए ? हेर्नुहोस्

भदौ ९, काठमाडौं । कोभिड-१९ सुरु भएपश्चात चार्टर्ड उडान मार्फत हालसम्म नेपाल फर्केका मध्ये सवैभन्दा धेरै नेपाली संयुक्त अरव ईमिरेट्स (युएई) बाट स्वदेश फर्केका छन् । कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को गत भदौ ४ गतेसम्मको तथ्याँक अनुसार युएईबाट १४ हजार ४ सय ८१ नेपाली स्वदेश फर्केका हुन् ।

यसैगरी साउदी अरेवियाबाट ७ हजार ८ सय १७ जना स्वदेश फर्केका छन् । यसैगरी यसबीचमा मलेसियाबाट पनि झण्डै सोही हाराहारीमा नेपाली स्वदेश फर्किए । मलेसियाबाट ७ हजार ७ सय ९५ जना स्वदेश फर्किएको तथ्याँक छ ।

आममाफी पाएर स्वदेश फर्किनेहरुको संख्या ठूलो देखिएको कुवेतबाट ६ हजार ३ सय २९ जना स्वदेश फर्काइएका छन् भनें धेरै नेपाली कार्यरत मुलुक कतारबाट यसबीचमा ६ हजार १ सय ९१ जना नेपाल फर्केका छन् । सवै मुलुकबाट फर्किनेहरुको कुल संख्या ५१ हजार ९ सय ८७ रहेको छ ।

प्रदेशगत रुपमा सवैभन्दा धेरै बागमति प्रदेशका बासिन्दा स्वदेश फर्किएको देखिएको छ । सीसीएमसीको तथ्याँक अनुसार बागमति प्रदेशका १४ हजार ४ सय ८६ जना स्वदेश फर्केका छन् । यसैगरी दोश्रोमा प्रदेश १ का १० हजार ९ सय ६२ जना स्वदेश फर्केका छन् । तेश्रोमा प्रदेश नम्वर ५ का ८ हजार ६ सय ५८, चौथोमा प्रदेश नम्वर २ का ८ हजार ६ सय १८ तथा पाँचौमा गण्डकी प्रदेशका ८ हजार ६ सय ५८ जना स्वदेश फर्किए । यसैगरी कर्णाली प्रदेशका १ हजार १ सय ८४ तथा सुदुरपश्चिम प्रदेशका १ हजार ३ सय ३३ जना स्वदेश फर्किएको देखिएको छ ।

आज देखि नै पुन: उडान शुरु 

मुलुकका विभिन्न भागहरुमा लागेको निषेधाज्ञाका कारण पालिकाहरुले सञ्चालन गरेका क्वारेन्टीनहरुमा पुर्याउन समस्या हुने र होटल क्वारेण्टीन तयार भइनसकेको भन्दै सरकारले झण्डै एकसाता रोकेको नेपालीलाई स्वदेश फर्काउने उडान आज देखि नै सुरु हुँदैछ । विदेशमा समस्यामा परेका नेपालीको लागि पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सार्वजनिक गरेको उद्धार उडानको नयाँ तालिकाअनुसार आज युएईको सारजहाबाट एयर अरेवियाले उडान गर्दैछ ।  

दैनिक ५०० जना नेपालीहरुलाई मात्र उद्धार गर्नेगरि पर्यटन मन्त्रालयले उडान तालिका सार्वजनिक गरेको हो ।  १० गते आवुधावीबाट फ्लाई दुबईले उडान गर्ने भएको छ । ११ गते नेपाल एयरलाइन्सले रियादबाट, दम्मामबाट हिमालयन एयरलायन्स र इस्तानबुलबाट टर्किस एयरले उद्धार उडान गर्ने छन । टर्किस र कतार एयरलाइन्सले एक पटकमा १०० जना भन्दा बढी यात्रुहरु ल्याउन नपाउने भएका छन ।

यसअघि ती एयरलाइन्सहरुले विश्व स्वास्थ्य संगठनको मापदण्ड मिचेर जहाज भरी यात्रुहरु ल्याइरहेका थिए । अहिले मन्त्रालयले ती दुई एयरलाइन्सलाई किटान नै गरी १०० भन्दा बढी यात्रु नल्याउन निर्देशन समेत जारी गरेको छ । यस्तै १२ गते नेपाल एयरलाइन्सले क्वालालम्पुरबाट, हिमालयले पनि क्लालालम्पुरबाटै र कतार एयरवेजले दोहाबाट उडान गर्ने छ । १३ गते सिल्क एयरले अस्ट्रेलिया र कोरियाबाट कोरियन एयरले उडान गर्ने निश्चित भएको छ ।

१४ गते नेपाल, हिमालयन र मालिन्दो एयरलाइन्सले क्लालाम्पुरबाट एकसाथ उडान गर्ने छन् । १५ गते नेपालले दुबई र हिमालयनले आबुधावीबाट उडान गर्ने छ । योसँगै भदौ १६ गते नेपाल एयरलाइन्सले कतार र दुबईबाट र हिमालयनले कतारबाट उद्धार उडान गर्ने तालिका सार्वजनिक गरेको छ ।

उद्धार उडानका लागि यात्रुहरुले  पीसीआर रिपोर्ट ल्याउनु पर्ने, पीसीआर टेष्ट गरेको र नगरेकाहरुलाई एकैठाउँमा राख्न नपाउने, विदेशबाट आउने यात्रुले ७ दिन होटल क्वारेन्टाइनमा अनिवार्य बस्नु पर्नेछ । तर पीसीआर रिपोर्ट नेगेटिभ रिपोर्ट लिएर आएकाहरु एएरपोर्टबाट सिधै घर गएर होम आइसोलेसनमा बस्न पाउनेछन् ।





प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक