2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बूढानीलकण्ठ नगरपालिकाले ५० शय्याको आइसोलेशन बनाउनेः प्रहरीलाई पनि भत्ता

भदौ ९, बूढानीलकण्ठ। बूढानीलकण्ठ नगरपालिकाले ५० शय्याको आइसोलेशन तयार गर्ने भएको छ ।  नगर प्रमुख उद्घवप्रसाद खरेलको अध्यक्षतामा सोमबार बसेको ५५ औँ कार्यपलिकाको बैठकले नगरपालिका क्षेत्रभित्र कोभिड –१९ को बढ्दो सङ्क्रमणलाई ध्यानमा राखी  आइसोलेशन तयार गर्ने निर्णय गरेको हो । 

उक्त बैठकले बूढानीलकण्ड–१०, डिठ्ठा चौरमा निर्माणाधीन क्वारेन्टिनलाई आइशोलेसन बनाउने निर्णय गरेको छ । त्यस्तै वडा नं २ स्थित बिएमसीएमा पनि आइशोलेसन बनाइने भएको १० नं का वडाध्यक्ष नवराज भट्टराईले जानकारी दिनुभयो । आइसोलेशन निर्माण तथा व्यवस्थापनका लागि नगर उपप्रमुख रमादेवी राईको नेतृत्वमा एक समिति निर्माण गरिने छ ।

बैठकले होम आइशोलेसन व्यवस्थित गर्न वडाध्यक्ष वा निजले तोकेको वडासदस्यीय एक सङ्क्रमित बराबर एक व्यवस्थापन  समिति निर्माण गर्न लागेको छ । उक्त समितिका अन्य सदस्यमा  एक  स्वास्थ्यकर्मी र एक सङ्क्रमितको सहयोगीका रुपमा स्थानीयवासीलाई समेत राखिने भएको छ । आइसोलेशन सहयोगी सङ्क्रमितको आवश्यकता र सरसल्लाहमा तोकिने जनाइएको छ  । 

होम आइसोलेसशनमा रहने सङ्क्रमितलाई नगरपालिकाले पोषण सुरक्षावापत रु चार हजार उपलब्ध गराउनाका साथै एकभन्दा बढी सङ्क्रमित रहेको परिवारलाई पोषण सुरक्षावापत रु ६ हजार एकमुष्ट प्रदान गरिने बताइएको छ । यस्तै सङ्क्रमितको सहयोगीलाई प्रोत्साहनस्वरुप प्रतिपरिवार रु दुई हजान दिइने निर्णयसमेत भएको छ । 

सो बैठकले प्रत्येक वडामा यसअघि सञ्चालनमा आएको क्वारेन्टाइन व्यवस्थित रुपमा सञ्चालन गर्ने र क्वारेन्टिन स्थल छनोट गरी तत्काल सञ्चालनमा ल्याइने निर्णय गरेको नगरपालिकाका प्रवक्ता भट्टराईले जानकारी दिनुभयो । 

साथै कोभिडको कारणले गर्नुपरेको बन्दाबन्दी तथा निषेधाज्ञाका समयमा सुरक्षायकर्मीको भूमिकालाई ध्यानमा राखी  नगरपालिका क्षेत्रभित्र खटिने प्रहरीलाई प्रतिव्यक्ति रु एक हजार प्रोत्साहनभत्ता उपलब्ध गराइने भएको छ । यसैगरी नगरपालिकाको स्वास्थ्य सुरक्षामा पहिलो घेरामा  खटिने स्वास्थ्यकर्मीलाई ७५ प्रतिशत तथा निषेधाज्ञाका समयमा कार्यलयको आवश्यकतानुसार खटिने अन्य कर्मचारीलाई ५० प्रतिशत प्रोत्साहन भत्ता दिने निर्णयसमेत गरिएको छ ।

हालसम्म नगरपालिकाभित्र एक हजार नौ जनाको पिसिआर टेष्ट गरिएको छ । नगरपालिकामा जम्मा सङ्क्रमित १३० पुगेका छन् । यस्तै २८ जना कोभिड –१९ बाट निको भई घर फर्किएका छन् । एक सय दुई जना कोरोना सङ्क्रमित अस्पताल तथा घरमा आइसोलेशनमा बसिरहेको नगरपालिकाले जनाएको छ । आज नगरपालिकाका चार स्थानबाट चार सय जनाको पिसिआर टेष्ट गर्ने बैठकले निर्णय गरेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक