९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

शेयरमा उछाल कायमै, नेप्सेमा २१ अङ्कको वृद्धि

१० भाद्र २०७७, बुधबार ११:२५

भदौ १०, काठमाडौँ (रासस) : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि  उल्लेख्य अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २१.१० अङ्कले बढेर एक हजार ४६२.०३ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ४.७७ ले वृद्धि भई २९८.७४ मा पुगेको छ ।

कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन काठमाडौँ उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा सात दिन थप गरेको भएपनि बजारमा त्यसले कुनै प्रभाव पारेको छैन । कूल १८६ कम्पनीको ५८ लाख ८२ हजार १०१ कित्ता शेयर रु दुई अर्ब ६५ करोड ६१ लाख ६३ हजार ७३० मा कारोबार भए ।

कारोबार भएका कूल १२ उपसमूहमध्ये आज दुई उपसमूहको मात्रै शेयर ओरालो लागेका छन् भने १० उपसमूहको शेयरमा भने वृद्धि भएको छ । व्यापार १.१३ र जीवन बीमा १७.९७ अङ्कले घटेको छ । बैंकिङ २२.९३, होटल ३.४, विकास बैंक २५.०४, जलविद्युत् ११.२५, वित्त १.२७, निर्जीवन बीमा ५१.६२, उत्पादन ७.३५, अन्य १७.२९, लघुवित्त ४१.१४ र सामूहिक लगानी कोष ०.१६ ले वृद्धि भएको छ ।

स्टकका अनुसार कारोबारका आधारमा आज नेपाल पुनरबीमा कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको कूल रु ३४ करोड ९२ लाख ५४ हजार ८२३ बराबरको कारोबार भएको छ । यस्तै, नेको इन्स्योरेन्स रु १३ करोड ७८ लाख ७७ हजार २४५, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु १२ करोड ५२ लाख १० हजार ४८३, एनआइसि एशिया बैंक रु १० करोड ४० लाख ९६ हजारर ७६ र सूर्य लाइफ इन्स्योरेन्स कम्पनीको रु आठ करोड २९ लाख ८५ हजार ७६४ बराबरको कारोबार भइ शीर्ष स्थानमा रहेको छ ।

नेपाल फाइनान्स कम्पनी ७.४७, नेपाल पुनरबीमा कम्पनी ५.९५, स्वाभिमान लघुवित्त ५.३५, नेपाल इन्भेस्टमेन्ट बैंकको संस्थापक शेयर ५.०४ र प्रभु बैंकका लगानीकर्ताले ४.८० प्रतिशतले कमाएका छन् । त्यस्तै, समृद्धि फाइनान्स ९.७९, गुह्यश्वरी मर्चेन्ट बैंक ३.९४, आँखु खोला जलविद्युत् कम्पनी ३.६४, अरुण काबेली हाइड्रोपावर ३.३१ र जोशी हाइड्रोपावरका लगानीकर्ताले ३.२८ प्रतिशतले गुुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो