2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब १२ मिनेटभित्र आउनेछ कोरोना परीक्षणको नतिजा

भदौ ११, काठमाडौँ | स्कटल्याण्ड स्वास्थ्य सेवाले लुमिराडिएक्स नामको एक कम्पनीसँग सम्झौता गरेसंगै अब विशेष प्रकारको टेस्टिङ किट प्रयोग गरेर कोरोनाभाइरसको परीक्षणको नतिजा १२ मिनेटभित्र प्राप्त गर्न सकिने बताइएको  छ ।

यसका लागि सरकारले ३०० र्‍यापिड टेस्टिङ मसिन र पाँच लाख टेस्टमा ६७ लाख पाउन्ड खर्च गर्दैछ ।

स्वास्थ्य उपकरण बनाउने कम्पनी लुमिराडिएक्सले यो सम्झौता अनुरुप स्टरलिङमा रहेको आफ्नो कारखानाा विशेष परीक्षण स्ट्रिप बनाउनेछ ।

यो कोरोना परीक्षणमा प्रयोग हुने मेसिन निकै सजिलै एक स्थानबाट अर्को स्थानमा लैजान सकिन्छ र सानो क्लिनिक र मोबाइल अस्पतालमा प्रयोग गर्न सकिन्छ ।

कोभिड–१९ रोग फैलाउन जिम्मेवार SARS-CoV-2 भाइरसको परीक्षणको मान्यता अमरिकी फेडलर ड्रग एडमिनिस्ट्रेशनले निश्चित गर्छ र हाल स्कटल्याण्ड र युरोपका लागि यो अन्तिम चरणमा छ ।

स्कटल्याण्ड सरकारमा मन्त्री इवान म्याक्की भन्छन्, ‘लुमिराडिएक्ससँग जुन सम्झौता भएको छ त्यस अनुरुप हाम्रो स्वास्थ्य सेवा एजेन्सीका लागि १२ मिनेटमा हुने कोरोना टेस्टिङको सामान दिनेछ । भाइरसविरुद्धको युद्धमा यो महत्वपूर्ण छ ।’

‘यने टेस्टमा विशेष प्रकारको टेस्टिङ डिभाइसमा विशेष प्रकारको स्ट्रिपको प्रयोग हुनेछ जुन स्कटल्याण्डमा नै बन्नेछ । यसले यहाँ मानिसहरुका लागि रोजगारको मौका बन्नेछ र यसका साथै हाम्रो उद्योग पनि बलियो हुनेछ ।

यो परीक्षणमा नाकबाट लिइएको स्वाबको परीक्षण कोभिड–१९ एन्टिजन प्रोटिनका लागि गरिनेछ । परीक्षण्को नतिजा १२ मिनेटमा नै आउनेछ ।

अन्य र्‍यापिड एन्टीजनको तुलनामा यसको नतिजा चाँडै आउने अनुमान गरिएको छ । यो टेस्टिङ डिभाइस क्लाउन्ड सिस्टमसँग जोडिएको हुनेछ ताकि स्वास्थ्य अधिकारी भाइरसको  विस्तारबारे चाँडै नै जानकारी प्राप्त गर्न सक्नेछन् ।

लुमिराडिएक्सका मुख्य कार्यकारी रान ज्वानगिजगरले भने, ‘यसको नतिजा छिटो मात्र हुने छैन यसको नतिजा पनि सटिक हुनेछ र यसको आधारमा बिरामीको उपचार चाँडै नै हुन सक्नेछ ।’

स्रोतः बीबीसी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक